Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ अष्ट्रेलियामा मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुदा एक नेपाली विद्यार्थीको निधन

अष्ट्रेलियामा मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुदा एक नेपाली विद्यार्थीको निधन

 अन्तिम संस्कारका लागि सहयोग संकलन


तास्मानिया/ मोटरसाइकल सिक्ने क्रममा अष्ट्रेलियाको तस्मानियामा एक नेपाली विद्यार्थीको निधन भएको छ । गैर आवासिय नेपाली संघ तास्मानियाले दिएको जानकारी अनुसार तास्मानियाको लन्चेस्टरमा मोटरसाइकलको लाइसेन्सको परिक्षाका लागि तयारी गर्ने क्रममा कारसंग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि ललितपुर गोदावरी स्थाई घर भएका सशान्त सिग्देलको निधन भएको एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्यले जानकारी दिनुभयो । तास्मानिया प्रहरीले दिएको जानकारी अनुसार बुधबार दिउसो २ बजेर ४० मिनेटमा दुर्घटना बारे प्रहरीले सुचना पाएको थियो । कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको घटना स्थलमै निधन भएको प्रहरीले जनाएको छ ।
सशान्त सन् २०१८ मा मेलवर्नको फेडेरेसन विश्वविद्यालयमा अकाउन्टिङ पढ्न आउनु भएको थियो । पिआरका लागि सशान्त मेलवर्नबाट सन् २०२० मा तास्मानिया बसाइ सर्नुु भएको थियो । तपाई पनि सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोस् ।

दुइ महिना अघि पनि मोटरसाइकल दुर्घटनामा सिड्नीमा एक नेपाली विद्यार्थीको निधन भएको थियो ।

सशान्तको निधनले परिवारमा पर्न गएको चोट प्रति एनआरएनए तास्मानियाले गहिरो शोक व्यक्त गरेको छ । सशान्तको शव नेपाल पठाउने वा अष्ट्रेलियामै अन्तिम संस्कार गर्ने बारे परिवारसंग छलफल भइरहेको शाक्यले बताउनुभयो । कोरोना परिक्षण नगरीकन शवको पोष्टमार्टन नहुने भएकाले शव प्राप्त गर्न केही ढिलाई हुनसक्ने देखिन्छ । सशान्तको भाईलाई अष्ट्रेलिया बोलाउने तयारी भइरहेको छ । भाईको भिषा प्रकृया छिटो भएमा अष्ट्रेलियामै अन्तिम संस्कार गर्ने नभए शव नेपाल पठाउने तयारी भइरहेको शाक्यले जानकारी दिनुभयो ।
सशान्तको अन्तिम संस्कारका लागि एनआरएनए तास्मानियाले गोफण्डमि मार्फत सहयोग संकलन समेत सुरु गरेको छ । १२ हजार डलर उठाउन लागिएकाले सबैमा सहयोगको अपिल समेत गरिएको छ । तपाई पनि सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोस् ।


ट्याग : #road accident, #sashant, #Tasmania
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6