Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुदा एक नेपाली विद्यार्थीको निधन

अष्ट्रेलियामा मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुदा एक नेपाली विद्यार्थीको निधन

 अन्तिम संस्कारका लागि सहयोग संकलन


तास्मानिया/ मोटरसाइकल सिक्ने क्रममा अष्ट्रेलियाको तस्मानियामा एक नेपाली विद्यार्थीको निधन भएको छ । गैर आवासिय नेपाली संघ तास्मानियाले दिएको जानकारी अनुसार तास्मानियाको लन्चेस्टरमा मोटरसाइकलको लाइसेन्सको परिक्षाका लागि तयारी गर्ने क्रममा कारसंग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि ललितपुर गोदावरी स्थाई घर भएका सशान्त सिग्देलको निधन भएको एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्यले जानकारी दिनुभयो । तास्मानिया प्रहरीले दिएको जानकारी अनुसार बुधबार दिउसो २ बजेर ४० मिनेटमा दुर्घटना बारे प्रहरीले सुचना पाएको थियो । कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको घटना स्थलमै निधन भएको प्रहरीले जनाएको छ ।
सशान्त सन् २०१८ मा मेलवर्नको फेडेरेसन विश्वविद्यालयमा अकाउन्टिङ पढ्न आउनु भएको थियो । पिआरका लागि सशान्त मेलवर्नबाट सन् २०२० मा तास्मानिया बसाइ सर्नुु भएको थियो । तपाई पनि सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोस् ।

दुइ महिना अघि पनि मोटरसाइकल दुर्घटनामा सिड्नीमा एक नेपाली विद्यार्थीको निधन भएको थियो ।

सशान्तको निधनले परिवारमा पर्न गएको चोट प्रति एनआरएनए तास्मानियाले गहिरो शोक व्यक्त गरेको छ । सशान्तको शव नेपाल पठाउने वा अष्ट्रेलियामै अन्तिम संस्कार गर्ने बारे परिवारसंग छलफल भइरहेको शाक्यले बताउनुभयो । कोरोना परिक्षण नगरीकन शवको पोष्टमार्टन नहुने भएकाले शव प्राप्त गर्न केही ढिलाई हुनसक्ने देखिन्छ । सशान्तको भाईलाई अष्ट्रेलिया बोलाउने तयारी भइरहेको छ । भाईको भिषा प्रकृया छिटो भएमा अष्ट्रेलियामै अन्तिम संस्कार गर्ने नभए शव नेपाल पठाउने तयारी भइरहेको शाक्यले जानकारी दिनुभयो ।
सशान्तको अन्तिम संस्कारका लागि एनआरएनए तास्मानियाले गोफण्डमि मार्फत सहयोग संकलन समेत सुरु गरेको छ । १२ हजार डलर उठाउन लागिएकाले सबैमा सहयोगको अपिल समेत गरिएको छ । तपाई पनि सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोस् ।


ट्याग : #road accident, #sashant, #Tasmania
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6