Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ अष्ट्रेलियामा लेबर पार्टीको सरकार बन्दै, एन्थनी एल्बनिजी प्रधानमन्त्री

अष्ट्रेलियामा लेबर पार्टीको सरकार बन्दै, एन्थनी एल्बनिजी प्रधानमन्त्री


अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री लेबर पार्टीका नेता एन्थोनी एल्बनिजी बन्ने भएको छ । आज शनिबार सम्पन्न संघिय निर्वाचनमा लेबर पार्टीले बहुमत प्राप्त गर्ने आकडा सार्वजनिक भएपछि एल्बनिजी प्रधानमन्त्री बन्ने तय भएको हो ।

हालसम्म गनिएको ४५ प्रतिशत मतमा ७१ स्थानमा लेबर अघि देखिएको छ । तल्लो सदनको १५१ सिट मध्ये सरकार गठन गर्न ७६ स्थानमा जित्नुपर्छ । बिगत ९ वर्षदेखि अष्ट्रेलियामा लिभरल पार्टीको सरकार छ ।

को हुन् एन्थोनी ?

‘अल्बो’ उपनामले चिनिने एन्थोनी सन् २०१९ देखि लेबर पार्टीका नेता छन् । ५९ वर्षिय एन्थोनी सिड्नी म्यारिकभिलका स्थानिय बासिन्दा हुन् । एन्थोनी एकल महिलाका सन्तान हुन् ।

२६ वर्षदेखि संघिय संसदमा रहदै आएका एन्थोनी अष्ट्रेलियाका ३१ अाै प्रधानमन्त्री बन्न लागेका हुन् । सन् २०१३ मा लेबरका प्रधानमन्त्री केभिन रडको पालामा एन्थनी कार्यबहाक प्रधानमन्त्री समेत बनेका थिए । अर्थशास्त्र अध्ययन गरेका एन्थोनीको झुकाव भने सधै राजनीतिमै रहदै आएको छ ।

एक छोरा रहेका एन्थोनीको पुर्वपत्नीसंग डिभोर्स भएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6