Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा लेबर पार्टीको सरकार बन्दै, एन्थनी एल्बनिजी प्रधानमन्त्री

अष्ट्रेलियामा लेबर पार्टीको सरकार बन्दै, एन्थनी एल्बनिजी प्रधानमन्त्री


अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री लेबर पार्टीका नेता एन्थोनी एल्बनिजी बन्ने भएको छ । आज शनिबार सम्पन्न संघिय निर्वाचनमा लेबर पार्टीले बहुमत प्राप्त गर्ने आकडा सार्वजनिक भएपछि एल्बनिजी प्रधानमन्त्री बन्ने तय भएको हो ।

हालसम्म गनिएको ४५ प्रतिशत मतमा ७१ स्थानमा लेबर अघि देखिएको छ । तल्लो सदनको १५१ सिट मध्ये सरकार गठन गर्न ७६ स्थानमा जित्नुपर्छ । बिगत ९ वर्षदेखि अष्ट्रेलियामा लिभरल पार्टीको सरकार छ ।

को हुन् एन्थोनी ?

‘अल्बो’ उपनामले चिनिने एन्थोनी सन् २०१९ देखि लेबर पार्टीका नेता छन् । ५९ वर्षिय एन्थोनी सिड्नी म्यारिकभिलका स्थानिय बासिन्दा हुन् । एन्थोनी एकल महिलाका सन्तान हुन् ।

२६ वर्षदेखि संघिय संसदमा रहदै आएका एन्थोनी अष्ट्रेलियाका ३१ अाै प्रधानमन्त्री बन्न लागेका हुन् । सन् २०१३ मा लेबरका प्रधानमन्त्री केभिन रडको पालामा एन्थनी कार्यबहाक प्रधानमन्त्री समेत बनेका थिए । अर्थशास्त्र अध्ययन गरेका एन्थोनीको झुकाव भने सधै राजनीतिमै रहदै आएको छ ।

एक छोरा रहेका एन्थोनीको पुर्वपत्नीसंग डिभोर्स भएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6