Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaबाल यौन दुराचार विरुद्धको अप्रेशनमा साउथ अष्ट्रेलिया प्रहरी, ६२ जनाविरुद्ध अनुसन्धान !

बाल यौन दुराचार विरुद्धको अप्रेशनमा साउथ अष्ट्रेलिया प्रहरी, ६२ जनाविरुद्ध अनुसन्धान !


ब्रिजबेन । साउथ अष्ट्रेलियाको प्रहरीले बाल यौन दुराचार विरुद्धको अप्रेशन र कारबाहीलाई तिब्रता दिएको छ । राष्ट्रिय बाल संरक्षण सप्ताहको अवसरमा गरिएको राज्यव्यापी अभियानका क्रममा प्रहरीले बाल शोषण सामग्री राखेको आरोपमा १३ जना यौन अपराधीलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो।

प्रहरीले गतसाता दुईदिनसम्म बाल यौन दुराचारमा दर्ता भएका ३७७ ठेगानामा गएर २६७ घरमा अप्रेशन चलाएको थियो । अफिसरहरूले बाल यौन अपराधी दर्ता ऐन उल्लङ्घनको प्रमाण खोज्ने क्रममा बच्चाहरूसँग सम्पर्क राख्नका लागि इन्टरनेट प्रयोगकर्ताका अकाउन्ट बनाउनेसमेत गरेको पाइएको छ। कार्यवाहक सहायक आयुक्त स्टीफन टेलरले ६२ बाल यौन अपराधी पक्राउ वा रिपोर्ट गरिएको यीमध्ये पनि १३ जनासँग बाल शोषण सामग्री पाइएको जानकारि दिनुभयो । ६ जनालाई पछि अदालतमा उपस्थित गराउनका लागि हिरासतमा राखिएको छ ।

प्रहरीले अप्रेशनका क्रममा दर्जनौँ कम्प्युटर, मोबाइल फोन, हार्ड ड्राइभ र ट्याब्लेट थप परीक्षणका लागि नियन्त्रणमा लिएको छ। अप्रेशनस्थलबाट दुई थान भरुवा बन्दुक र चार थान गाँजाका बोट समेत बरामद गरिएको छ । हालैका वर्षहरूमा गरिएको यो सबैभन्दा ठूलो अपरेशन रहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6