Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविदेशमा नेपाली शान, ब्रिजबेनमा कुमारी रथ, नाचसँगै नेपाली झण्डा फरर ! (फोटो डायरी)

विदेशमा नेपाली शान, ब्रिजबेनमा कुमारी रथ, नाचसँगै नेपाली झण्डा फरर ! (फोटो डायरी)


ब्रिजबेन, अष्ट्रेलिया । नेपाली भाषा, कला, संस्कृति, भेषभूषाको जगेर्ना र प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल फेस्टिभल ब्रिजबेन भब्य रुपमा सुरु भएको छ । नेपालली समूदाय मार्फत नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्य समेत राखिएको फेष्टिभलको अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको हो ।

औपाचारिक कार्यक्रममा क्वीन्सल्याण्डका डेप्युटी प्रिमियर स्टेभन माईल्ससँगै अन्य राजनीतिक नेतृत्व र स्थानीय नेताहरुको सहभागीता रहेको छ । आ–आफ्नो भेषभुषामा सजिएका नेपालीले अहिले किंग जर्ज स्क्वाएर नेपालमय बनेको छ ।

नेपालका विभिन्न जाति जाति र समूदायको भेषभूषा लगाएर नेपाली समूदाय सहभागी भएको फेस्टिभलमा सिंगो नेपाल झल्किएको छ ।

औपचारिक कार्यक्रम अघिको परेडमा लाखे नाच, झाँक्री नाच समेत समावेश गरिएको थियो । पहिलो पटक कुमारीको रथयात्रा पनि परेडमा सहभागि गराइएको छ । यसअघि कुमारीलाई समावेश गरिएपछि रथमा राखेरै घुमाइएको अष्ट्रेलियामै पहिलो पटक हो ।

एनआरएन क्वीन्सल्याण्डका राज्य संयोजक विनोदभक्त आचार्यले १० हजारको सहभागिता हुने अपेक्षा गरिएको नेपाल फेष्टिभलको मुख्य उद्देश्य यहाँ रहेका नेपालीहरुको एकता र नेपालको प्रबद्र्धन नै मुख्य रहेको बताउनुभयो ।

नेपाल फेष्टिभलमा एनआरएन आईसीसीका अध्यक्ष बद्री केसी, उपाध्यक्ष दुर्गा आचार्य, धर्मराज अधिकारी, सचिव होम पाण्डे, ओसेनिया क्षेत्रीय संयोजक दिनेश जोशी, एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुंग, एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा लगायतको सहभागीता रहेको छ । एनआरएनले क्वीन्सल्याण्डका विभिन्न सामूदायिक संघसंस्थासँगको सहकार्यमा नेपाल फेष्टिभललाई भब्य रुपमा आयोजना गरेको छ । यो फेस्टिभलमा ८ बजेसम्म नै विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुनेछन् ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6