Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजबेनमा शिक्षा एवं माईग्रेसन एक्सपो हुँदै, विद्यार्थीलाई ठूलो लाभ

ब्रिजबेनमा शिक्षा एवं माईग्रेसन एक्सपो हुँदै, विद्यार्थीलाई ठूलो लाभ


ब्रिजबेन । आगामी जनवरी ३० तारेख सोमबारका दिन ब्रिजबेनमा शिक्षा एवं माईग्रेसन एक्सपो आयोजना हुने भएको छ । अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई शैक्षिक तथा माईग्रेसन सम्बन्धी परामर्शका साथै शैक्षिक भविश्य बारेका महत्वपूर्ण जानकारी दिने उद्देश्यले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ब्रिजबेनले यो एक्सपो आयोजना गर्न लागेको हो ।

एक्सपोमा शिक्षा प्रदायकहरूसँग सिधै परामर्श, अध्ययनको बिषय र विकल्प बारेको परामर्श, माइग्रेसन, पीआर लगायतका जानकारिका साथै अष्ट्रेलियाको शैक्षिक क्षेत्रका विज्ञसँग प्रत्यक्ष परामर्शको अवसर विद्यार्थीहरुले प्राप्त गर्नेछन् । एक्सोमा सहभागि विद्यार्थीले छात्रवृतिका अवसर पनि पाउने आयोजकले जनाएको छ । शिक्षा एवं माईग्रसन एक्सपोमा अस्ट्रेलियन क्याथोलिक विश्वविद्यालय, बन्ड विश्वविद्यालय, चार्ल्स डार्विन विश्वविद्यालय, कपलान बिजनेस स्कूल, क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी, क्वीन्सल्याण्ड विश्वविद्यालय, क्यानबेरा विश्वविद्यालय, तास्मानिया विश्वविद्यालय, सनशाइन कोस्ट विश्वविद्यालय लगायतका २० बढी प्रतिष्ठित विश्वविद्यालय र कलेजहरुको सहभागिता रहने बताइएको छ । शैक्षिक तथा भीसा परामर्शसहितको यति ठूलो एक्पोबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरु लाभान्वित हुने आयोजकले जनाएको छ ।

एक्पो एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ब्रिजबेनको कार्यालयमा दिउँसो एक बजेदेखी ४ बजेसम्म हुने बताइएको छ । मेलामा सहभागि भएर सबैले शैक्षिक र माईग्रेसन सम्बन्धी भरपुर जानकारि लिन एक्सपर्ट ब्रिजबेनका निर्देशक होम पौडेलले आग्रह गर्नुभएको छ । अष्ट्रेलियामा शिक्षा एवं माईग्रेसन नीति बेलाबेलामा परिवर्तन भैरहन्छ । यस्ता जानकारी विद्यार्थीले समयमै पाएमा शैक्षिकसँगै अन्य गतिविधिमा सहजता मिल्ने विश्वास गरिएको छ ।


ट्याग : ##AustralianUniversity #Institutions #international Students #2023 #educationmigrationfair #RelyOnExpert #prpathways #careeropportunities #studyabroad
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6