Tuesday, 8 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia२०३५ सम्म अस्ट्रेलियामा ७० हजार एफटिइ नर्स अभाव हुने

२०३५ सम्म अस्ट्रेलियामा ७० हजार एफटिइ नर्स अभाव हुने


अस्ट्रेलियामा सन् २०३५ सम्ममा ७० हजार ७०७ रजिस्टर्ड नर्स अभाव हुने प्रक्षेपण गरिएको छ।

डिपार्टमेन्ट अफ हेल्थ एन्ड एज केयरको नर्सिङ डिमान्ड एन्ड सप्लाईसम्बन्धी प्रतिवेदनअनुसार उक्त अभाव पूर्ति गर्न झन्डै ८० हजार नयाँ रजिस्टर्ड नर्स आवश्यक पर्नेछ।

सन् २०२२ मा अस्ट्रेलियामा ३ लाख ६२ हजार ८५५ रजिस्टर्ड नर्स कार्यरत थिए।  

प्रतिवेदनले सन् २०३५ सम्म अस्पताल तथा आकस्मिक सेवामा २६ हजार ६६५, प्रमुख स्वास्थ्य सेवामा २१ हजार ७६५, एज केयरमा १७ हजार ५५१ र मेन्टल हेल्थ क्षेत्रमा १ हजार ९१८ रजिस्टर्ड नर्स अभाव हुने प्रक्षेपण गरेको छ।

वृद्ध जनसंख्या बढ्दै जाँदा स्वास्थ्य तथा एज केयर सेवामा नर्सको माग बढिरहेको छ भने नयाँ नर्स प्रवेश गर्ने दरसँगै पेशा छोड्नेको संख्या पनि उच्च रहने अनुमान गरिएको छ।

नर्सको अभाव कम गर्न अस्ट्रेलिया सरकारले कार्यरत नर्सलाई पेशामै टिकाइराख्ने, तलब तथा सेवा सुविधा सुधार गर्ने, घरेलु विद्यार्थीलाई प्लेसमेन्टमा आर्थिक सहयोग गर्ने र छात्रवृत्तिमार्फत नयाँ जनशक्ति आकर्षित गर्ने रणनीति अघि सारेको छ। तर घरेलु जनशक्तिबाट मात्रै माग पूरा गर्न कठिन हुने देखिएकाले अन्तर्राष्ट्रिय नर्स तथा विद्यार्थीका लागि पनि अस्ट्रेलियाको नर्सिङ क्षेत्र रोजगारीको महत्वपूर्ण अवसर बन्न सक्ने देखिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6