Tuesday, 8 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअस्ट्रेलियामा अनलाइन सुरक्षाका लागि नयाँ कानुनको मस्यौदा

अस्ट्रेलियामा अनलाइन सुरक्षाका लागि नयाँ कानुनको मस्यौदा


अस्ट्रेलिया सरकारले नागरिकको अनलाइन सुरक्षा र आफ्नो रोजाइअनुसार सामाजिक सञ्जाल प्रयोग गर्न पाउने अधिकार बढाउने उद्देश्यले ‘डिजिटल ड्युटी अफ केयर’ सम्बन्धी नयाँ कानुनको मस्यौदा ल्याएको छ।

यसअन्तर्गत ‘My Feed, My Way’ पहल सुरु गरिएको छ। १६ वर्षभन्दा माथिका प्रयोगकर्ताले सामाजिक सञ्जालको एल्गोरिदमले सिफारिस गरेका सामग्री हटाएर आफूले फलो गरेका व्यक्तिका पोस्ट मात्र हेर्न सक्नेछन्।

त्यस्तै, १८ वर्षमुनिका बालबालिकालाई अनलाइन गेम, एप र एआई च्याटबटमा लत लाग्ने फिचर, अश्लील तथा अन्य हानिकारक सामग्री, साइबर बुलिङ लगायतबाट जोगाउनुपर्ने व्यवस्था गरिएको छ।

नियम उल्लङ्घन गर्ने प्रविधि कम्पनीलाई १० करोड ९२ लाख अस्ट्रेलियाली डलरसम्म जरिवाना हुन सक्नेछ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो कदम सरकारको नियन्त्रणका लागि नभई नागरिकलाई आफ्नो अनलाइन अनुभवमा बढी अधिकार दिन ल्याइएको बताएका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6