Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ बालेन र अस्ट्रेलियाली प्रधानमन्त्रीबीच राष्ट्रसंघमा भेटवार्ता

बालेन र अस्ट्रेलियाली प्रधानमन्त्रीबीच राष्ट्रसंघमा भेटवार्ता


नेपालमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री बालेन शाह र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच संयुक्त राष्ट्रसंघको महासभाको क्रममा भेटवार्ता भएको छ।

भेटमा अस्ट्रेलियाका प्रधानमन्त्रीले बाढीपहिरोबाट प्रभावित नेपालीप्रति समवेदना व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोगका लागि अस्ट्रेलिया साथमा रहेको बताएका छन्।

उनले अहिलेसम्म अस्ट्रेलियाले नेपालका लागि गरिरहेको सहयोगबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अस्ट्रेलियाली प्रधानमन्त्रीले बाढीपहिरोमा परी अझै सम्पर्कविहीन रहेका अस्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तप्रति पनि सहानुभूति व्यक्त गरेका छन्।

उनले नेपाललाई आवश्यक पर्ने ठाउँमा सहयोग पुर्‍याउन अस्ट्रेलियाले निरन्तर काम गरिरहने बताएका छन्।

अष्ट्रेलियाको विमान २६ टन राहत सामग्री बोकेर काठमाडौं आएको थियो। अष्ट्रेलिया सरकारले १ करोड १० लाख अष्ट्रेलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ।

अहिले पनि रसुवा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अत्याधुनिक ड्रोन प्रविधि सहितको १८ जना टोली छ। नेपालस्थित अष्ट्रेलियन राजदूतावासका अनुसार अहिले पनि ३४ जना अष्ट्रेलियनहरू हराइरहेका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6