Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा २० वर्षीय नेपाली विद्यार्थी जेल चलान, यस्तो छ कारण

अष्ट्रेलियामा २० वर्षीय नेपाली विद्यार्थी जेल चलान, यस्तो छ कारण


सिड्नी
बिहिवार सिड्नीको सदरल्याण्ड अदालतले एक नेपाली विद्यार्थीलाई जेल सजाय सुनाएको छ । अनलाईनबाट वृद्ध अष्ट्रेलियनहरुको पैसा ठगी गरेको आरोप प्रमाणित भएपछि २० वर्षिय ती युवकलाई १८ महिना जेल सजाय सुनाइएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।
आईटी पढ्दै गरेका यी नेपाली युवकले भारतिय भूमिबाट संचालन भईरहेको ठगको संजालसंग मिलेर अष्ट्रेलियाका वृद्धवृद्धाको क्रेडिट कार्डबाट पैसा चोरी गरेको पुष्टी भएको छ । समाचारमा जनाईए अनुसार ठगहरुले मानिसहरुलाई तपाईको क्रेडिटकार्ड कसैले अनधिकृत रुपमा दुरुपयोग गरेर पैसा चोरिरहेको छ भन्दै कल गर्ने र मर्मतका लागि यी नेपाली युवक जाने गरेका थिए । यी युवकले कार्ड मर्मत गर्ने बहानामा सुटुक्क त्यसमा भएको ब्यालेन्स आफ्नो बैंक खातामा पठाउथे । संकलित पैसाको केही हिस्सा आफुले राखेर बाँकी भारतमा रहेका ठगको गिरोहलाई पठाउने गरेको फैसलामा भनिएको छ । समाचारका अनुसार यी युवकले ४ जना अष्ट्रेलियनको कार्डबाट २१ पटकमा १८ हजार ५ सय डलर चोरेका थिए । १८ महिना जेल सजाय भुक्तानी गरेपछि उनीलाई संभवत नेपाल फिर्ता पठाईनेछ ।
पछिल्लो समय अष्ट्रेलियामा पढिरहेका नेपाली विद्यार्थीहरु अन्तराष्ट्रिय ठगी गिरोहसंग संलग्न भईरहेका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक भईरहेका छन् ।यसअघि दुई साता अघि सिड्नीमै दुई नेपाली विद्यार्थी यस्तै प्रकृतिको आरोपमा समातिएका छन् ।

भिडियाे समाचार


ट्याग : #Australia, #nepali, #scam, #student
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6