Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaशुक्रबार अस्ट्रेलियाबाट १६० जना नेपाल आए, अर्को चार्टर्ड उडान अगस्ट ६ मा

शुक्रबार अस्ट्रेलियाबाट १६० जना नेपाल आए, अर्को चार्टर्ड उडान अगस्ट ६ मा


काठमाडौं । अस्ट्रेलियामा अलपत्र परेका र आपत विपतमा फसेका १ सय ६० जना नेपाली सवदेश आइपुगेका छन् । बिहीबार साँझ ६ बजे सिड्नीबाट उडान भरेको मेलिन्डोको चार्टर्ड उडान मार्फत उनिहरु १६० जना आइपुगेका हुन् ।

एनआरएन अस्ट्रेलियाको पहल तथा स्थानीय संघ संस्थाको सहयोगमा गरिएको चार्टर्ड विमान सिड्नीबाट क्वालालम्पुर हुँदै शुक्रबार बिहान करिब साँढे ६ बजे काठमाडौं अवतरण भएको थियो । अस्ट्रेलियामा छोराछोरी भेट्न गएका अभिभावक र आपत विपतमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा उद्दार गरिएको एनआरएन अस्ट्रेलियाले जनाएको छ । स्वदेश फर्कन पाएकोमा अभिभावकहरूले एनआरएनलाई धन्यवाद दिएको एनआरएन प्रवक्ता नन्द गुरुङले बताए

यसरी विविध कारणले विदेशमा समस्यामा परेका करिब आठ सय नेपालीले फर्कनका लागि एनआरएनमा आवेदन दिएको एनआरएनका कोषाध्यक्ष अनिल पोखरेलले बताए । अस्ट्रेलियामा रहनुभएका नेपाली अभिभावक र समस्यामा परेका तथा आपतविपतमा फसेकाहरूलाई उद्धार गर्न राजदूतावाससँग मिलेर एनआरएनए अस्ट्रेलियाले अभियान चलाएको छ । यसअघि अस्ट्रेलियाबाट राजदूतावासको पहलमा दुई वटा नेपाल एअरलाइन्सबाट र एनआरएनमार्फत् एक वटा सिंगापुर एअरलाइन्समार्फत् सेमी चार्टर्ड उडान भएको छ।

अझै हजारौंको संख्यामा नेपाली स्वदेश फर्कन पालो कुरेर बसेका छन् । नेपाल जान चाहनेहरूको आवेदन र बाक्लो उपस्थिति हेरेर एनआरएन अस्ट्रेलियाले राजदूतावासको सहयोगमा फेरि आगामी ६ अगष्टमा पनि नेपालका लागि  सिंगापुर एअरलाइन्सको सेमी चार्टर्ड उडान गर्ने छ। प्रतिव्यक्ति १७ सय पचास अस्ट्रेलियन डलर भाडादर तिरेर विमान चार्टर्ड गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6