Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनर्सिङ होम कोरोना तथ्यांक काण्ड : अस्ट्रलियाका एज्ड केयर मन्त्रीले मागे माफी

नर्सिङ होम कोरोना तथ्यांक काण्ड : अस्ट्रलियाका एज्ड केयर मन्त्रीले मागे माफी


सिड्नी । गतहप्ता नर्सिङ होममा मृत्यु भएका व्यक्तिहरुको तथ्याङ्क थाहा नभएको जवाफ दिएका अस्ट्रेलियाका ‘एज्ड केयर मन्त्री’ रिचार्ड कोलबेकले संसदमा माफी मागेका छन् । गत शुक्रबार अर्थात अगष्ट २१ मा बसेको सिनेट कमिटीलाई मन्त्री रिचार्ड कोलबेक एज्ड केयरमा कति जनाको मृत्यु भयो अथवा कति जनालाई कोरोना सङ्क्रमण भयो भन्ने तथ्याङ्क थाहा नभएको भन्दै दिएको जानकारीमाथी माफि मागेका हुन् ।

उनले भनेका छन्, ‘म शुरुमा कोरोना भाइरसले एज्ड केयरमा बस्ने प्रत्येक मृतकका परिवारलाई हार्दिक समवेदना भन्न चाहन्छु तथा मेरा सहकर्मीलाई धन्यवाद दिन चाहन्छु जसले यो गम्भीर मुद्दालाई ध्यानाकर्षण गराए । मसँग सूचना हुनुपर्ने थियो । त्यसबखत् मसँग सूचना नहुनुको सम्पूर्ण जिम्मेवारी मैले लिँदै माफी चाहन्छु ।’ कमिटी बैठकमा सदस्यहरुले एज्ड केयर मन्त्रीलाई समेत कतिजना मान्छेको मृत्यु भयो, कति जनालाई कोरोना भाइरस सङ्क्रमण भयो भन्ने थाहा नभएको भन्दो आलोचना गरेका थिए । उपल्लो सदनमा समेत मन्त्री रिचार्ड कोलबेकले जवाफ दिनुपरेको थियो ।

प्रतिपक्षी दल लेबर पार्टीका सांसदहरूले व्यापक विरोध गरे पनि मानवीय त्रुटी भएको भन्दै प्रधानमन्त्री स्कट मोरिसनले भने मन्त्री रिचार्ड कोलबेकको बचाउ गर्दै आएका थिए । प्रधानमन्त्री मोरिसनले यसअघि नै कोरोना महामारीका कारण एज्ड केयरमा बढ्दो सङ्क्रमण र मृत्युलाई नियन्त्रण गर्न नसकेकोमा माफी मागिसकेका छन् । अस्ट्रेलियामा कोरोना भाइरसका कारण मृत्यु भएका ५ सय १७ जनामध्ये करिब ३ सय ३५ एज्ड केयरसँग सम्बन्धित रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6