Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमनग्य पैसा दिदापनि अष्ट्रेलियामा फलफुल टिप्ने कामदार पाइएन

मनग्य पैसा दिदापनि अष्ट्रेलियामा फलफुल टिप्ने कामदार पाइएन


ब्रिजवेन/सरल गुरुङ, अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्यमा बिगत २५ वर्षदेखि कृषी फार्मका लागि कामदार उपलब्ध गराउने व्यवसाय गरिरहनुभएका बासु दाहाललाई यसपालीको सिजनमा कामदार कहाबाट खोज्ने भन्ने चिन्ताले सताउन थालेको छ । नेपालट्युबसंग कुरा गर्दै पोखरा स्थाई घर भएका दाहालले भन्नु भयो -‘ब्लुबेरी टिप्ने सिजन सुरु भयो तर, आवश्यकताभन्दा आधा मात्रै कामदार उपलब्ध छन् बाँकी कामदार कहाँबाट ल्याउने हो पत्तो छैन ।’

कोरोना भाइरसका कारण सिमा बन्द हुदा ब्यागप्याकरहरु आउन नपाएकाले कामदार अभाव भएको दाहालको भनाई छ । आधाभन्दा बढी नेपाली कामदार भएपनि लकडाउनका कारण नेपालीहरु समेत कृषी फार्ममा काम गर्न आउन नसकेको उहाँको भनाई छ । कामदारका लागि फेसबुक, गम ट्रि जस्ता सामाजिक संजालमा विज्ञापन राखेपनि खासै कामदार नभेटिएको दाहालको अनुभव छ । यो सिजनमा ३ सय जना कामदार चाहिएपनि अहिले आफुसंग केवल डेढ सय मात्रै कामदार रहेको दाहालको भनाई छ ।
अहिलेसम्म जसोतसो फलफुल टिप्ने कामलाई निरन्तरता दिएपनि सेप्टेम्बरको दोस्रो सातादेखि भने कामदार अभावले काम नै गर्न नसकिने अवस्था आउन लागेको दाहालको भनाई छ ।

कृषीफार्ममा कामदार आवश्यकता परेको फेसबुक विज्ञापन

त्यसो त कामदार अभाव झेल्ने दाहाल मात्रै एक होइन । कोरोनाका कारण भएको लक डाउन र सिमा बन्द हुदा कुइन्सल्याण्ड राज्यका अधिकांश कृषकहरुले कामदार अभाव झेलिरहेको सामचारहरु सार्वजनिक भइरहेका छन् । न्युज डट कमले हालै प्रकाशन गरेको एक समाचार सामाग्रीका अनुसार कुइन्सल्याण्ड राज्यका कृषी फार्महरुले कामदार अभावको भयानक अवस्था झेलिरहेका छन् । सामाचारका अनुसार हप्ताको ३८ सय डलर आम्दानी हुदा समेत कामदार नभेटिएको उल्लेख गरेको छ ।
अष्ट्रेलियाका कृषी फार्ममा अधिकांश कामदारहरु युरोप र अमेरिकाबाट आउने ब्याकप्याकर पर्यटकहरु हुन गर्छन । तर, लकडाउनका कारण नया ब्याकप्याकर नआएको तथा अधिकांश स्वदेश फर्किएकाले कृषी फार्ममा कामदार अभाव हुन थालेको हो । कृषी फार्महरुमा ६० प्रतिशत भन्दा बढी कामदार अभाव हुन थालेको हो । कामदार अभावका कारण समयमा फलफुल टिप्न नसक्दा कुइएर नष्ट हुने अवस्था आउन थालेको छ । जसले कृषकहरु आर्थिक जोखिममा छन् भने अष्ट्रेलियाका सुपर मार्केटहरुमा फलफुल अभावसमेत हुनसक्ने देखिन्छ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6