Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने

अष्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने


काठमाडौं । अष्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैंले गर्नेगरि ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयसमक्ष प्रस्ताव पेस गरेको छ । ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच प्रस्ताव बारे जुममा भर्चुअल बैठक समेत भएको छ ।

कार्यकाल सकाएर स्वदेश र्फकनुअघि नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गरेको विदाई भेटका क्रममा समेत ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले उक्त प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको जानकारी दिनुभएको थियो । अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि नेपाल सरकार सहजीकरण गर्न तयार रहेको बताउनुभएको छ । कम्पनीका अध्यक्ष एन्ड्रीय फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आगामी अक्टुबर १२ मा नेपाल आउन आउँदैछ । उक्त टोलीसँग मन्त्री पुन तथा मन्त्रालयले टोलीले आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा छलफल गर्नेछ । तीन दिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेटघाट गर्नेछ ।

राजदूत बडले समेत आफ्नो नेपाल बसाई सफल र स्मरणयोग्य रहेको दाबी गर्दै स्वदेश फर्किएपछि समेत अष्ट्रेलिया सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगलाई निरन्तरता दिन सघाउने र अष्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युतसहित नेपालको विविध क्षेत्रमा लगानी गर्न आहृवान गर्ने प्रतिबद्धता बारम्बार व्यक्त गर्नुभएको छ । अष्ट्रेलियाले नेपालमा पछिल्लोपटक एकीकृत नदी बेपसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6