Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया बसोबास गर्नेहरुका अभिभावकलाई भिसा बारे खुसीको खबर !

अष्ट्रेलिया बसोबास गर्नेहरुका अभिभावकलाई भिसा बारे खुसीको खबर !


ब्रिजबेन, अष्ट्रेलिया । अब अष्ट्रेलियामा बसोबास गर्नेहरुको परिवारका सदस्य तथा अभिभावकले भिसाका लागि केही सहजता पाउने भएका छन् । संघीय सरकारले भिसाको नियममा अस्थायी परिवर्तन गर्दै अभिभावकहरुले प्रवेशाज्ञा आवेदन दिँदा अष्ट्रेलियामै रहेर पनि आवेदन दिन सकिने नयाँ व्यवस्था गरेको हो।

यो वर्षको पहिलो तीन महिनाभित्र यो परिवर्तित नियम लागू गरिने बताइएको छ । यसअघिसम्म अभिभावकहरुले भिसा सकिनुअघि नै देश छोडेर जानुपर्ने र फेरि फिर्ता आउन चाहेमा प्रवेशाज्ञा आवेदन दिनुपर्ने झन्झटिलो व्यवस्था रहेको थियो । प्रवेशाज्ञा आवेदनमा व्यहोर्नुपरेको समस्याको आँकलन गरेर नै व्यवस्था परिवर्तन गरिएको बताइएको छ ।

अध्यागमन मन्त्री एलेक्स हकले नयाँ नियमले भिसाको समयावधिमा कुनै फेरबदलन नभएको जानकारी दिनुभएको छ । यसअघिको नियममा विदेशमा रही भिसा आवेदन दिएका व्यक्तिहरुले अष्ट्रेलियामै बसेर भिसाको अर्को आवेदन दिन नमिल्ने व्यवस्था छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6