Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनएको सक्रियता : अष्ट्रेलियासहितका देशबाट थप ४२८ अक्सिजन कन्सनट्रेटर नेपालमा

एनआरएनएको सक्रियता : अष्ट्रेलियासहितका देशबाट थप ४२८ अक्सिजन कन्सनट्रेटर नेपालमा


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत नेपालमा सहयोग आउने क्रम जारी छ । एनआरएनएको अभियानअन्तरगत विभिन्न राष्ट्रिय समन्वय परिषद् समेतको समन्वयमा विश्वभर छरिएका विभिन्न संघ–संस्था र नेपाली समुदायको सहयोगमा थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर शनिबार साँझ ७ बजे (५ जुन २०२१) काठमाडौं आइपुगेको हो ।

पछिल्लो पटक यूकेबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट ७ वटा र अन्य संस्थाबाट ३६ वटा अक्सिजन कन्सनट्रेटर उपलब्ध गराइएको छ । चीनस्थित नेपाली दुताबास र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रकृयामा सहयोग गरेका थिए भने ढुवानी खर्च नेपाल सरकारले बेहोरेको छ । यसैगरी, गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रबाट इलाम देखि जुम्ला सम्मका विभिन्न १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिन्डर, ११५० रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । देशका दुर्गम क्षेत्रमा सिलिन्डर पठाउने अभियान समेत एनआरएनएको समन्वयमा जारी रहेको छ ।

विश्वभरीबाट प्राप्त आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिएको एनआरएनका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । ‘संघको अभियानमार्फत सहयोग गर्नुहुने विदेशस्थित दुताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति सहयोगदाता, लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीप्रति गैरआवासीय नेपाली संघ हार्दिक आभार व्यक्त गर्दछु’, अध्यक्ष पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । संघको पहलमा यसअघि पनि नेपालमा मेडिकल सामाग्री सहयोग स्वरुप आएको थियो ।

एनआरएनए अष्ट्रेलियाको सक्रियता

एनआरएनए अष्ट्रेलियाले गत मे महिनाको अन्तिम हप्ता नै अक्सिजन कन्सन्ट्रेटर नेपाल पुर्याउने लक्ष्य लिएको थियो । तर समयमै नेपाल सरकारले विमान नपठाउदा ढिला भएको एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले बताउनुभयो । कन्सन्ट्रेटरका लागि एक लाख २ हजार भन्दा बढी अमेरिकी डलर खर्च भएको छ ।

अक्सिजन र मेडिकल सामाग्रीको आपुर्तिमा सहयोग जुटाउन नेपाली दुतावासको पहलमा अष्ट्रेलियाका एनआरएनए, नेपाली चिकित्सकहरुको छाता संगठन एम्डा, नेपाली संघसंस्थाहरुको छाता संगठन फेन्का, पत्रकारहरुको संस्था एन्जा तथा अन्य सामाजिक संघसंस्थाबिच सहकार्य भइरहेको छ । यहि सहकार्यले एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलको संयोजनमा सहयोग संकलन समिति गठन भएको छ ।

समितिले अहिले ‘अष्ट्रेलिया स्ट्याण्डस् टुगेदर फर नेपाल’ भन्ने अभियान संचालन गरिरहेको छ । यहि अभियान अन्तगर्त विभिन्न सामाजिक, व्यवसायिक तथा व्यक्तिहरुले कन्सन्ट्रेटर दिने घोषणा गरेका हुन् । एउटा कन्सन्ट्रेटरको १२ सय डलर बराबरको आर्थिक सहयोग एनआरएनएको खातामा जम्मा गर्ने क्रम जारी छ । त्यस्तै अभियान अन्तगर्त एनआरएनए अष्ट्रेलियाले संचालन गरेको गो फन्ड मिमा सहयोग संकलन भएको छ ।

अक्सिजन कन्सन्ट्रेटरले काम गर्ने नमुना चित्र

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6