Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको शतप्रतिशत जित, विश्वकप छनोटको तेस्रो चरणमा

अष्ट्रेलियाको शतप्रतिशत जित, विश्वकप छनोटको तेस्रो चरणमा


ब्रिजबेन। फिफा विश्वकप तथा एसियन छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाले जोर्डनविरुद्ध १–० को जित हात पारेको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले १० खेलाडीमा सिमित जोर्डनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

कुवेत सिटीमा अष्ट्रेलियालाई जित दिलाउन ह्यारी सुटरले खेलको ७७ औं मिनेटमा निर्णायक गोल गरे । यस्तै खेलको ८७ औं मिनेटमा मुसाले रातो कार्ड पाएपछि जोर्डन १० खेलाडीमा समेटिएको थियो । जितसँगै समूह ‘बी’ को अष्ट्रेलिया शतप्रतिशत जितसहित विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । अष्ट्रेलिया एसियन कपमा समेत छनोट भएको छ ।

अष्ट्रेलियाले ८ खेलमा २४ अंक जोडेको छ भने जोर्डन १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । चौंथो स्थानमा रहेको नेपालले ६ अंक जोडेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6