Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ न्यु साउथ वेल्समा थपिए ३८ संक्रमित, घर बाहिरका मानिस नभेट्न प्रिमियर बेरिजिक्लिनको आग्रह

न्यु साउथ वेल्समा थपिए ३८ संक्रमित, घर बाहिरका मानिस नभेट्न प्रिमियर बेरिजिक्लिनको आग्रह


ब्रिजबेन । अष्ट्रेलियाको सिड्नी सहरमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि एक सातादेखि लकडाउन गरिएको छ । तर पनि संक्रमण रोकिएको छैन । बिहीबार न्यु साउथ वेल्स राज्यमा ३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यससँगै डेल्टा भेरियन्टको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ३७० पुगेको छ ।

न्यु साउथ वेल्सका अधिकारीहरुले घरमै भेटघाट गर्ने मानिसहरुको कारण संक्रमण बढिरहेको बताएका छन् । मानिसहरुलाई मापदण्ड कडाइका साथ पालना गर्न सम्बन्धित निकायले आग्रह गरेपनि हेलचेक्राइ भैरहेको आँकलन गरिएको छ ।‘यो लकडाउनले काम गर्न हामी सबैले आफ्नो चहलपहल रोक्नुपर्छ’, न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरिजिक्लिनले भन्नुभएको छ ।

बिहीबार न्यु साउथ वेल्समा पछिल्लो १४ महिनायताकै सबैभन्दा धेरै नयाँ संक्रमित थपिएपछि प्रिमियर बेरिजिक्लिनले मानिसहरुलाई आफ्नो परिवारभन्दा बाहिरका मानिसलाई घरमा नै गएर भेट्ने काम बन्द गर्न आग्रह गर्नुभएको छ । यस्तै कोरोनाको लक्षण देखिएका मानिसहरु समुदायमा हिँडिरहेकाले पनि संक्रमण फैलिएको आँकलनसहित थप कडाई गर्न लागिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6