Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्समा थपिए ३८ संक्रमित, घर बाहिरका मानिस नभेट्न प्रिमियर बेरिजिक्लिनको आग्रह

न्यु साउथ वेल्समा थपिए ३८ संक्रमित, घर बाहिरका मानिस नभेट्न प्रिमियर बेरिजिक्लिनको आग्रह


ब्रिजबेन । अष्ट्रेलियाको सिड्नी सहरमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि एक सातादेखि लकडाउन गरिएको छ । तर पनि संक्रमण रोकिएको छैन । बिहीबार न्यु साउथ वेल्स राज्यमा ३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यससँगै डेल्टा भेरियन्टको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ३७० पुगेको छ ।

न्यु साउथ वेल्सका अधिकारीहरुले घरमै भेटघाट गर्ने मानिसहरुको कारण संक्रमण बढिरहेको बताएका छन् । मानिसहरुलाई मापदण्ड कडाइका साथ पालना गर्न सम्बन्धित निकायले आग्रह गरेपनि हेलचेक्राइ भैरहेको आँकलन गरिएको छ ।‘यो लकडाउनले काम गर्न हामी सबैले आफ्नो चहलपहल रोक्नुपर्छ’, न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरिजिक्लिनले भन्नुभएको छ ।

बिहीबार न्यु साउथ वेल्समा पछिल्लो १४ महिनायताकै सबैभन्दा धेरै नयाँ संक्रमित थपिएपछि प्रिमियर बेरिजिक्लिनले मानिसहरुलाई आफ्नो परिवारभन्दा बाहिरका मानिसलाई घरमा नै गएर भेट्ने काम बन्द गर्न आग्रह गर्नुभएको छ । यस्तै कोरोनाको लक्षण देखिएका मानिसहरु समुदायमा हिँडिरहेकाले पनि संक्रमण फैलिएको आँकलनसहित थप कडाई गर्न लागिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6