Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनएन अष्ट्रेलियाको अध्यक्षका प्रत्यासी द्धय डा.रेग्मी र गुरुङले गरे यस्ता प्रतिबद्धता (भिडियोसहित)

एनआरएनएन अष्ट्रेलियाको अध्यक्षका प्रत्यासी द्धय डा.रेग्मी र गुरुङले गरे यस्ता प्रतिबद्धता (भिडियोसहित)


ब्रिजबेन । एनआरएनएन अष्ट्रेलियाको अध्यक्षका प्रत्यासी डा. ज्ञानेन्द्र रेग्मी र नन्द गुरुङले सबल एनआरएनए मार्फत नेपालमा लगानी प्रवर्धनदेखी विद्यार्थीहरुका समस्या समाधान र नेपालको पर्यटन प्रबर्धनमा भुमिका खेल्ने प्रतिबद्धता गरेका छन् ।

नेपाल ट्युबको मल्टिडाइनामिक इलेक्सन अपडेटको लाइभमा स्मार्ट एनआरएनका लागि हाम्रो एनआरएनए राम्रो एनआरएनएको नारा अघि सार्नुभएका अध्यक्षका प्रत्यासी डा. रेग्मीले प्रजातान्त्रिक बिचारधारा बोकेपनि बामपन्थीहरुको समेत साथ पाएको जानकारी दिनुभयो । बामपन्थीहरुले काँध थापेर अध्यक्षमा उठेको हो ? भन्ने प्रश्नको जवाफ दिदै नेपालमा शेरबहादुर देउवालाई बामपन्थीले प्रधानमन्त्री बनाएजस्तै आफ्नो एजेण्डामा साथ दिएकोमा गर्ब महशुस गरेको उहाँको जिकिर थियो । अष्ट्रेलियामा ग्राण्ड लिने अभियान सुरु भएको, नेपाली कल्चरल फेस्टिबल आयोजना भैरहेको, मल्टिकल्चरल ब्राण्डलाई बिस्तार गरिएको र थप विस्तार गरिने प्रतिबद्धता डा. रेग्मीले गर्नुभयो ।

अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीका समस्या र चुनौतीसँग जुध्न के कस्ता कार्यक्रम ल्याउनुहुन्छ ? भन्ने प्रश्नमा विद्यार्थीका हक हितका लागि यहाँका राजनीतिज्ञहरुसँग समेत शुल्क घटाउन र आवश्यक सबै सहयोगका लागि पहल गरेको र थप समस्याको समाधानमा उचित पहल गर्ने बताउनुभयो । नेपालमै प्रि डिपार्चर इन्फमेसन दिने तालिम दिइने, वाटर सेफ्टी र रोड सेफ्टीसहित रोजगारी दिलाउन समेत सहयोग गर्ने प्रतिबद्धता डा. रेग्मीको थियो । नेपालमा धेरै धन्दा धेरै अष्ट्रेलियन पर्यटक पठाउने योजना समेत रहेको डा. रेग्मीले प्रतिबद्धता सुनाउनुभयो । नेपाल गएर फर्किएका अष्ट्रेलियन नागरिकमार्फत कार्यक्रम अघि बढाईने न्युजिल्याण्डमार्फत समेत पहल गरिने, अष्ट्रेलियामा समेत नेपालको पर्यटन प्रवर्धन बारेको जानकारी विस्तार गरिने दाबी गर्नुभएका कार्कीले अष्ट्रेलियाका व्यवसायीहरुलाई समेत आईसीसी मार्फत नेपालमा इन्भेष्टमेन्ट गर्न प्रोत्साहित गर्ने अभियान ल्याउने बताउनुभयो ।
यो हेरौँ लाईभ भिडियो :

अध्यक्षका अर्का उम्मेदवार नन्द गुरुङको प्रतिबद्धता
एनआरएनए अष्ट्रेलियाका वर्तमान प्रवक्ता समेत रहनुभएका नन्द गुरुङले साझा एनआरएनएको नारा अघि सार्नुभएको छ । उहाँले एनआरएनए इन्भेष्टमेन्ट कम्पनीमार्फत नेपालमा ठूलो लगानी भित्र्याउन पहल गर्ने, कल्चरल तथा विभिन्न फेस्टिबल कार्यक्रम मार्फत नेपालको प्रवर्धन गर्ने, स्पोर्टसदेखी विभिन्न सास्कृतिक कार्यक्रमको निरन्तरता, दोहोरो नागरिकताको प्राप्तीमा आफ्नो पहल रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रजातान्त्रिक विचारधारा भएकाहरुको समूहका रुपमा प्रतिस्पर्धा गर्नुभएका उहाँले अष्ट्रेलिया सरकारसँग कसरी नजिक भएर ग्राण्ड लिने ? भन्ने प्रश्नमा आफ्नो कार्यकालमा पर्मानेन्ट ट्रान्सफोर्स बनाएर ग्राण्डको आवेदनसहित सरकारसँग साझेदारी बढाउने बताउनुभयो । ५५ हजार हाराहारिको संख्यामा रहेका विद्यार्थीको समस्या र चुनौतीबारे के सोचिरहनुभएको छ ? भन्ने प्रश्नमा गुरुङले नेपाली विद्यार्थीले समस्या ब्यहोर्न नपर्नेगरि पहल गरिने, नेपाल सरकारमार्फत नै इन्फमेसन दिलाउन पहल गर्ने, वाटर सेफ्टी, रोजगारीको समस्या समाधानमा समेत बिशेष पहल गरिने जानकारी दिनुभयो । अष्ट्रेलियामा राजदूत पठाउँदा दिगोपनालाई हेरिदिने र स्थायी कुटनीतिको व्यवस्था गर्न नेपाल सरकारसँग उहाँको माग थियो ।
यस्तो छ, लाईभ भिडियो :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6