Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसबैसँग मिलेर नेपाली समूदाय र विद्यार्थीको हक हितमा काम गर्ने अध्यक्ष गुरुङको प्रतिवद्धता(भिडियोसहित)

सबैसँग मिलेर नेपाली समूदाय र विद्यार्थीको हक हितमा काम गर्ने अध्यक्ष गुरुङको प्रतिवद्धता(भिडियोसहित)


ब्रिजबेन । एनआरएनए अष्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष नन्द गुरुङले चुनावी प्रतिबद्धता अनुसार सबै नेपाली समूदायको हकहित हुनेगरि क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विजयी भएपछि पहिलो पटक भिडियो सन्देष जारी गर्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष गुरुङले रंग र वर्णको आधारमा विभेद नगरि अष्ट्रेलियाको नेपाली समूदाय, विद्यार्थीको हकहितका लागि काम गर्ने बताउनुभएको हो ।

साथै उहाँले निर्वाचन कमिटि र मतदातालाई धन्यवाद समेत दिनुभएको छ । प्रतिस्पर्धाका क्रममा विजयी हुने र हार व्यहोर्ने सबैलाई धन्यवाद दिनुभएका गुरुङले प्रतिद्धन्दी डा ज्ञानेन्द्र रेग्मीलाई समेत स्वच्छ प्रतिस्पर्धा र एनआरएन अभियानमा सकारात्मक साथ दिएकोमा धन्यवाद दिदै साझा र सबल एनआरएनको उद्देश्य पुरा गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । नेपालमा लगानी प्रबर्दन, नेपालको प्रचार÷प्रसार, विद्यार्थीका समस्या समाधान, स्थानीयसँगै राज्य सरकारसँगको समन्वयमा अधिकतम ग्राण्ड लिने लगायतका प्रक्रिया प्रभावकारी रुपमा अघि बढाइने प्रतिस्पर्धा समेत नवनिर्वाचित अध्यक्ष गुरुङले गर्नुभएको छ ।

पुरा भिडियो सम्बोधन हेर्नुहोस्



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6