Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका तीन राज्यमा कोरोनाको त्रास, न्यु साउथ वेल्समा एकैदिन थपिए २०२ संक्रमित

अष्ट्रेलियाका तीन राज्यमा कोरोनाको त्रास, न्यु साउथ वेल्समा एकैदिन थपिए २०२ संक्रमित


ब्रिजबेन, अष्ट्रेलिया । कोरोना महामारिका कारण लक डाउन गरिएको न्यु साउथ वेल्स राज्यमा मंगलबार २०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ३ बाहिरी र १९९ स्थानीय गरि २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा १ लाख ४ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको थियो। गएको २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भने नभएको बताइएको छ । यस्तै, क्विन्सल्याण्डमा पनि कोरोना संक्रमण बढ्दै गएको पाइएको छ । पछिल्लो २४ घण्टामा क्विन्सल्याण्डमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी सबै संक्रमितहरू स्थानीय भएको बताइएको छ । यता, आइतबार मात्रै लकडाउन थपिएको भिक्टोरिया राज्यमा मंगलबार १ बाहिरी र ४ स्थानीय गरि जम्मा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

लामो समयसम्म कोरोना महामारिलाई नियन्त्रणमा राख्न सफल अष्ट्रेलियामा पछिल्लो समय स्थानीय संक्रमणसँगै जोखिम बढेको छ । तीनवटा राज्यमा फैलिएको महामारी थप राज्यमा विस्तार नहोस भन्दै विषेश सतर्कता अपनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6