Monday, 5 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ अष्ट्रेलियाका तीन राज्यमा कोरोनाको त्रास, न्यु साउथ वेल्समा एकैदिन थपिए २०२ संक्रमित

अष्ट्रेलियाका तीन राज्यमा कोरोनाको त्रास, न्यु साउथ वेल्समा एकैदिन थपिए २०२ संक्रमित


ब्रिजबेन, अष्ट्रेलिया । कोरोना महामारिका कारण लक डाउन गरिएको न्यु साउथ वेल्स राज्यमा मंगलबार २०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ३ बाहिरी र १९९ स्थानीय गरि २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा १ लाख ४ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको थियो। गएको २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भने नभएको बताइएको छ । यस्तै, क्विन्सल्याण्डमा पनि कोरोना संक्रमण बढ्दै गएको पाइएको छ । पछिल्लो २४ घण्टामा क्विन्सल्याण्डमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी सबै संक्रमितहरू स्थानीय भएको बताइएको छ । यता, आइतबार मात्रै लकडाउन थपिएको भिक्टोरिया राज्यमा मंगलबार १ बाहिरी र ४ स्थानीय गरि जम्मा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

लामो समयसम्म कोरोना महामारिलाई नियन्त्रणमा राख्न सफल अष्ट्रेलियामा पछिल्लो समय स्थानीय संक्रमणसँगै जोखिम बढेको छ । तीनवटा राज्यमा फैलिएको महामारी थप राज्यमा विस्तार नहोस भन्दै विषेश सतर्कता अपनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-05' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6