Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्स राज्यमा शनिबार थपिए ३२१ कोरोना संक्रमित,भिक्टोरियामा समेत उच्च बन्दै संक्रमण

न्यु साउथ वेल्स राज्यमा शनिबार थपिए ३२१ कोरोना संक्रमित,भिक्टोरियामा समेत उच्च बन्दै संक्रमण


ब्रिजबेन, अष्ट्रेलिया । न्यु साउथ वेल्समा शनिबार उच्च रेकर्ड बनाउनेगरि कोरोना संक्रमित थपिएका छन् । न्यु साउथ वेल्स सरकारले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार १ लाख ८ हजार ४४९ परीक्षणबाट ३२१ जना कोरोना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमित मध्ये २ जना बाहिरी र ३१९ जना स्थानीय व्यक्तिहरू रहेको स्वास्थ्य विभागले जानकारी दिएको छ । सिड्नीको लकडाउन सातौँ हप्तामा प्रवेश गर्नै लाग्दा बढेको कोरोना संक्रमणलाई स्वास्थ्य विभागले थप जटिल अवस्थाको रुपमा औँल्याएको छ । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसले पनि संक्रमण र जोखिम बढेको संकेत गरेको छ ।

यता, भिक्टोरिया राज्यमा पनि कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । शनिबार मात्रै भिक्टोरियामा २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यहाँको स्वास्थ्य विभागले पनि संक्रमणले थप जोखिमको संकेत गरेको जनाएको छ ।

पछिल्लो समय ब्रिजबेन, सिड्नी र मेलबर्नमा कोरोना संक्रमण बढेसँगै लकडाउन गरिएको छ भने बाँकी राज्यमा जनजीवन सामान्य छ । तास्मानिया र क्यानवेरा कोरोना संक्रमणका कारण बन्दाबन्दी गर्नुपर्ने अवस्थामा नपुगेपनि बाँकी ६ वटा राज्यले कोरोना नियन्त्रणका लागि यसअघि लकडाउन गर्नुपरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6