Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोना प्रभावित नेपालका पत्रकारलाई एन्जाद्धारा ५ लाख रुपैयाँ सहयोग

कोरोना प्रभावित नेपालका पत्रकारलाई एन्जाद्धारा ५ लाख रुपैयाँ सहयोग


काठमाडौं । कोरोनाबाट प्रभावित नेपालका पत्रकारहरुका लागि अष्ट्रेलियामा क्रियाशिल नेपाली सञ्चारकर्मीहरुले ५ लाख रुपैया नगद सहयोग गरेका छन् । अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जाले गत अगष्ट ८ तारिखमा ५ लाख नेपाली रुपैयाँ बराबर ५ हजार ७८० अष्ट्रेलियन डलर नेपाल पत्रकार महासंघको खातामा जम्मा गरेको हो ।

नेपाल पत्रकार महासंघले पत्रकारहरुका लागि सुरु गरेको कोरोना भाइरस राहत कोषमा एन्जाले सहयोग रकम पठाएको जानकारी दिएको छ । महासंघले लिखित रुपमै पत्र लेखेर सहयोगको अपिल गरेपछि एन्जाले सहयोग संकलन सुरु गरेको थियो । एन्जाले आफ्नै सदस्यहरुबाट सहयोग संकलन सुरु गरेको थियो । संस्थाका २५ जना पत्रकार सदस्यहरुले २७ सय ५५ डलर सहयोग संकलन गरेका थिए । सो रकममा अष्ट्रेलिया स्ट्याण्ड टुगेदर नामक राहत संकलन अभियानले समेत ४ हजार डलर थपिदिएको छ । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको नेतृत्वमा, नेपाली दूतावास, महावाणिज्य दूतावासहरु, सामाजिक संघसंस्था तथा एन्जा समेत संलग्न रहेर नेपालमा अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन अष्ट्रेलिया स्ट्याण्ड टुगेदर भन्ने सहयोग संकलन अभियान सुरु भएको थियो ।

कोरोना प्रभावित नेपालका पत्रकारहरुलाई सहयोग उपलब्ध गराउन एन्जाले अभियानका संयोजक संस्था एनआरएनए अष्ट्रेलियासंग अपिल गरेको थियो । अभियानबाट सहयोग संकलन गर्न एन्जा पनि सक्रिय भएकाले नेपालका पत्रकारहरुका लागि पनि रकम माग गरिएको एन्जाका अध्यक्ष ऋषि आचार्यले बताउनुभयो । सहयोग रकम उपलब्ध भएपछि एन्जाले अष्ट्रेलिया स्ट्याण्ड टुगेदर अभियानमा सक्रिय सबै सामाजिक संघसंस्था, सहयोगी व्यक्तिहरु र शुभचिन्तक सबैलाई धन्यवाद दिएको छ । नेपालका पेशाकर्मी पत्रकारहरुको दुख, पेशागत हकहितका लागि एन्जाले सधै साथ दिने महासचिव चिरञ्जिवी देवकोटाले बताउनुभयो । एन्जाले सहयोग रकम ज्यान गुमाएका पत्रकारका परिवार र उपचार गर्न समस्या परेका संक्रमित पत्रकारको हितमा उपयोग गर्न आग्रह गरिएको एन्जाका सचिव सरल गुरुङले जानकारी दिनुभयो ।

नेपालमा कोरोनाका कारण हालसम्म २१ जना पत्रकारले ज्यान गुमाएको तथा १ हजारभन्दा बढी पत्रकार कोरोना संक्रमित भएको नेपाल पत्रकार महासंघले जनाएको छ । नेपालका मिडिया संचालक, मिडिया हाउस तथा नेपाल सरकारलाई कोरोनाको महामारीका बेला ज्यान जोखिम मोलेर जनतालाई सुसुचित गर्ने काममा अहोरात्र खटिने पत्रकारहरुलाई समयमै खोप, नियमित पारिश्रमिक तथा कोरोना संक्रमण भइहाले निशुल्क उपचारको प्रत्याभूति गर्न एन्जाले अपिल गर्दैआएको छ ।

सचिव सरल गुरुङको हस्ताक्षरमा एन्जाबाट जारी सहयोग बारेको पत्र यस्तो छ :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6