Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियामा उच्च रेकर्ड बनाउँदै थपिए कोरोना संक्रमित, न्यु साउथ वेल्समा ५८१ जना !

भिक्टोरियामा उच्च रेकर्ड बनाउँदै थपिए कोरोना संक्रमित, न्यु साउथ वेल्समा ५८१ जना !


ब्रिजबेन,अष्ट्रेलिया । बन्दाबन्दी जारी रहेको भिक्टोरियामा पछिल्लो समय कोरोना संक्रमणदर उच्च हुन थालेको छ । पछिल्लो २४ घण्टामा गरिएको ७३ हजार ४४३ जनाको पीसीआर परीक्षणबाट १ हजार ९६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भिक्टोरियामा पछिल्लो २४ घण्टामा पहिचान भएका कोरोना संक्रमितको यो नै उच्च रेकर्ड हो । गएको २४ घण्टामा भिक्टोरियामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु समेत भएको छ ।

यता, कोरोना संक्रमण घट्दै गएको न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ७९ हजार ८९४ परीक्षणमा यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको हो ।

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ११ जनाले ज्यान गुमाएका छन् । अष्ट्रेलियाका यी दुई राज्यमा लामो समयदेखी बन्दाबन्दीको नियम लागू गरिएपनि कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6