Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा सुरु भयो एम्पाएर टि २० क्रिकेट कप । ६ महिनासम्म खेल हुने

ब्रिजवेनमा सुरु भयो एम्पाएर टि २० क्रिकेट कप । ६ महिनासम्म खेल हुने


ब्रिजवेन/ एम्पाएर टि २० कपको दोस्रो सिजन आइतबारबाट सुरु भएको छ । कुइन्सल्याण्ड नेपलिज क्रिकेट एशोसियसन क्युनकाले दोस्रो पटक यो कपको आयोजना गरेको हो । आइतबार ब्रिजवेनको मुगिल मैदानमा भएको राउण्ड वानमा ५ वटा खेल भएको थियो । हरेक टिमले कप अवधी भर कम्तिमा ९ वटा खेल खेल्नेछन् । ९ राउण्ड खेल खेलेपछिे स्कोरका आधारमा ४ वटा टिम क्वालिफायर र इलिमिनेटर राउण्डमा प्रवेश गर्नेछन् ।

स्कोर तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टिमबिच क्वालिफायर १ खेल हुनेछ । त्यस्तै तेस्रो र चौथो स्थानमा पर्न सफल टिमबिच नकआउट अर्थात इलिमिनेटर खेल हुनेछ । इलिमिनेटर खेलका विजयी टिम र क्वालिफायर राउण्डमा हारेको टिमबिच क्वालिफायर २ खेल हुनेछ । क्वालिफायर १ र २ का बिजेताबिच फाइनल खेल हुने क्युनकाले जनाएको छ । ६ महिनासम्म जारी रहने कप अवधीभर ४९ वटा खेल हुनेछ । कपमा ब्रिजवेन, सनसाइनकोष्ट र टोअम्बाका गरि १० वटा क्रिकेट टिम सहभागी छन् । हरेक १५ दिनमा एउटा राउण्ड खेल हुने क्युनकाले जनाएको छ ।

कपको मुख्य प्रयोजकमा एम्पाएर एजुकेशन तथा भिषा सर्भिस ब्रिजवेन रहेको छ । खेलमार्फत नेपाली युवाहरुमा भाइचार र आत्मियता बढाउनका लागि प्रतियोगिताको आयोजना गरिएको क्युनकाका अध्यक्ष नारायण कोइरालाले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट खेल्ने खेलाडीलाई अष्ट्रेलियाको स्थानिय खेलमा समेत सहभागी गराउदै जाने कोइरालाको भनाई छ । यसअघिको सिजनमा उत्कृष्ट खेल खेल्ने खेलाडीहरु समेटेर क्युनकाले कुइन्सल्याण्डको प्रसिद्ध टि २० वेयरहाउस क्रिकेट प्रतियोगितामा सहभागी हुने भएको छ । गर्मीयाम सिजनको वेयरहाउस प्रतियोगिताका लागि लागि विभिन्न क्लबका १८ खेलाडी समेटेर क्युनकाले छुट्टै टिम बनाएको छ ।
एम्पाएर टि २० कपमा सहभागी नेपाली क्रिकेट टिमहरु यस्ता छन् ।

1.Nepalese Rhino Cricket Club (NRCC)

2.Expert Nepalese Cricket Club Brisbane (ENCCB)

3.Brighton Brisbane Nepalese Cricket Club (BBNCC)

4.Nova Nepalese Cricket Club Toowoomba (NNCCT)

5.Royal Gurkhas Cricket Club (RGCC)

6.Sapphire Nepalese Cricket Club Brisbane (SNCCB)

7.Brisbane United Cricket Club (BUCC)

8.Nepali Warriors Cricket Club (NWCC)

9.Himalayan Tigers Cricket Club (HTCC)

10. Nepalese Cricket Club of Sunshine Coast (NCCSC)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6