Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ नेपालले रच्यो ईतिहास । पहिलो पटक साफ च्याम्पियनसिपको फाईनलमा

नेपालले रच्यो ईतिहास । पहिलो पटक साफ च्याम्पियनसिपको फाईनलमा


काठमाडौ/ नेपालले २८ वर्षमा साफ च्याम्पियनसिप फुटवलमा ईतिहास रचेको छ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलकोफाइनलमा प्रवेश गरेपछि नेपालले इतिहास रचेको हो । माल्दिभ्सको  मालेस्थित नेशनल स्टेडियममा बुधबार भएको आफ्नो समूहचरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेपछि नेपालले फाईनलको यात्रा तय गरेको हो ।

सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएकोनेपाल २०१८ मा सेमिफाइनलसम्म पुगेको थियो ।

पहिलो नवौं मिनेटमै नेपालले गोल खाएको थियो । कर्नरको बलमा सुमन रेजाले हेड गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकाथिए । पहिलो हाफमा नेपालले गोल फर्काउने प्रयास गरेपनि सफल नभएपछि नेपाल दवावमा परेको थियो । दोस्रो हाफमा बंगलादेशलेकेही रक्षात्मक खेल खेल्यो ।

खेलको ८२औं टर्निङ प्वाइन्ट रह्यो । वान भर्सेस वानमा रहेका नेपाली खेलाडीलाई फल गरेपछि बंगलादेशी गोलरक्षक जिकोले रातो कार्डपाए । नेपालले पेनाल्टी पायो, जसमा अञ्जनले गोल गरे ।

बराबरीसँगै ७ अंक जोडेको नेपाल फाइनलमा पुगेको छ भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ । अब उपाधिका लागि नेपाललेभारतसंग फाईनल खेल्ने छ  ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6