Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा ८० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप, प्रधानमन्त्री मोरिसनले यसरी साटे खुसियाली

अष्ट्रेलियामा ८० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप, प्रधानमन्त्री मोरिसनले यसरी साटे खुसियाली


ब्रिजबेन । कोरोनाविरुद्धको खोपलाई राष्ट्रव्यापी अभियानका रुपमा तिब्रता दिएको अष्ट्रेलियाले १६ वर्षमाथीका ८० प्रतिशत बढी नागरिकलाई पूर्ण खोप लगाउन सफल भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले एक भिडियो सन्देष जारि गर्दै ८० प्रतिशतभन्दा बढीले खोप लगाइसकेको जानकारी दिनुभएको हो ।

यसलाई प्रधानमन्त्री मोरिसनले कोरोनाविरुद्धको शानदार उपलब्धी दाबी गर्नुभएको छ । प्रधानमन्त्री मोरिसनले फेसबुकमा पोष्ट गरेको भिडियोमा जनसंख्याको ९ प्रतिशतले पहिलो डोज खोप लगाएको दाबी गरिएको छ । तर खोपको स्तर राज्य अनुसार फरक फरक छ । खोप अभियानलाई तिब्रता दिन सहयोग गर्ने स्वास्थ्यकर्मी कर्मचारि सबैलाई धन्यवाद दिदै प्रधानमन्त्री मोरिसनले खोपको सफलतालाई एक विशाल अष्ट्रेलियाको राष्ट्रिय प्रयास भन्नुभएको छ ।

विश्वमा सबैभन्दा उच्च खोप दरहरू मध्ये एक हुने ट्रयाकमा अष्ट्रेलिया अघि बढेको भन्दै कामकाज नरोकिने बताउनुभएको छ । जति धेरै मानिसहरू सुरक्षित हुन्छन्, हामी सबै सुरक्षित हुन्छौं भन्दै उहाँले सबैलाई खोप लगाउन आह्वान गर्नुभएको छ । ८० प्रतिशत पूर्ण खोप लगाइएसँगै प्रधानमन्त्री मोरिसनले सुरक्षित रूपमा खुला रहन सकिने भन्दै सीमा खुलाको संकेत समेत गर्नुभएको छ । अष्ट्रेलियाले ८० प्रतिशत नागरिकमा पूर्ण खोप पुर्याएपछि यात्रा प्रतिबन्ध, क्वारेन्टिन लगायतका नीतिमा परिवर्तन गर्ने यसघि नै घोषणा गरिसकेको छ ।

प्रधानमन्त्री मोरिसनले भन्नुभयो ‘अष्ट्रेलियाली नागरिकलाई उनीहरुको पुरानो जीवन फिर्ता गरिदिने बेला भएको छ,’ अब पूर्ण खोपसहित यात्रामा निस्किनेहरुले अष्ट्रेलियाको १४ दिनको होटल क्वारेन्टिनको साटो सातदिनसम्म आफ्नै घरमा क्वारेन्टिन बस्न पाउने छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6