Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsखोप आउनु पूर्व नै कोभिड–१९ बाट २० लाखले ज्यान गुमाउने डब्लुएचओको चेतावनी

खोप आउनु पूर्व नै कोभिड–१९ बाट २० लाखले ज्यान गुमाउने डब्लुएचओको चेतावनी


काठमाडौं, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रभावकारी खोप पत्ता लाग्नु पूर्व नै विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ । डब्लुएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय रुपमा महामारीविरुद्ध एकीकृत र प्रभावकारी काम नभएसम्म ज्यान गुमाउनेको संख्या अत्यधिक हुन सक्ने बताएका हुन् ।

गत वर्षको अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा झण्डै १० लाख मानिसले ज्यान गुमाइसकेका छन् । संक्रमण फैलिने क्रम र मृत्युदरले निरन्तरता पाइरहँदा विश्वभर संक्रमितको संख्या तीन करोड २७ लाखबाट उकालो लागेको छ । गृष्म ऋतु आउँदै गर्दा उत्तरी गोलार्धका धेरै देशमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ । अहिलेसम्म अमेरिका, भारत र ब्राजिल विश्वका सबैभन्दा बढी प्रभावित देश बनेका छन् । यी तीन देशमा मात्रै एक करोड ७८ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ४ लाख ४२ हजार बढीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

पछिल्ला दिनहरुमा युरोपका विभिन्न देशमा संक्रमण पुनः बढ्दो क्रममा देखिएको छ । महामारीको पहिलो चरणमा जस्तै अहिले पनि युरोपका विभिन्न देश लकडाउनसहितका प्रतिबन्धात्मक उपायहरुमार्फत कोरोना महामारि रोकथाममा जुटेका छन् । डा. रायनले भनेका छन्– ‘समग्रमा निकै फराकिलो क्षेत्रमा चिन्ताजनक रुपमा संक्रमण फैलिरहेको हामीले देखेका छौँ । परीक्षण तथा ट्रेसिङ्ग, क्वारेन्टिन र सामाजिक दूरीसहितका उपायहरु अपनाउन मुख्य रुपमा जोड दिनु पर्ने र त्यसमा कुनै पनि हिसाबले कमी ल्याउन नदिदा नै संक्रमण कम गर्न सकिन्छ ।’

युरोपियनहरुलाई लकडाउनको अवस्था पुनः आउन नदिनका लागि पर्याप्त काम गरे–नगरेको आफैलाई सोध्न उनको आग्रह थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6