Tuesday, 21 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसरकारका निर्णय गलत भए रास्वपाले सच्याउँछ: रवि लामिछाने

सरकारका निर्णय गलत भए रास्वपाले सच्याउँछ: रवि लामिछाने


सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका निर्णयले जनतालाई हानि पुग्ने अवस्था आए पार्टीले आवश्यक सुधार गर्न भूमिका खेल्ने बताएका छन्।

रौतहटमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारको नियतमाथि शंका नभए पनि निर्णयहरू सुधार गर्न सकिने बताएका हुन्।

लामिछानेले किसान, मजदुर, गरिब तथा विपन्न वर्गलाई असर पर्ने नीति लागू भए त्यसलाई परिवर्तन गर्न सकिने स्पष्ट पारे।

‘कुनै निर्णयले लाभ होइन हानी भएछ भने त्यसमा निर्णयहरू परिवर्तन हुन्छ। त्यसमा चिन्ता गर्नु पर्दैन। तर अलिकति समय हामीले दिनुपर्छ,’ लामिछानेले भने, ‘पार्टीले आफ्नो अभिभावकत्व लिनबाट कहिल्यै पछि हट्दैन, चिन्ता नगर्नुहोला। पार्टी अभिभावक हो, पार्टीले हेर्नेछ।’

लामिछानेले रास्वपा गलत दिशामा जान थाले नेता तथा कार्यकर्ताले पनि खबरदारी गर्नुपर्ने बताए।

पार्टीले आफ्नो अभिभावकीय भूमिका कहिल्यै नछोड्ने भन्दै जनताको हितविपरीत हुने कुनै पनि नीति परिवर्तन गर्न सकिने उनको भनाइ छ।


ट्याग : ##Rabi lamichhane, #Nepaltube
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-21' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6