Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ पानी परेपछि मुख्य राजमार्गहरू अनिश्चितकालका लागि बन्द

पानी परेपछि मुख्य राजमार्गहरू अनिश्चितकालका लागि बन्द


देशभर पानी परेपछि मुख्य राजमार्गहरू अनिश्चितकालका लागि बन्द गरिएको छ।

काभ्रेको बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। रोशी गाउँपालिका-७ को चारसयबेँसी र रोशी-८ को गिम्दीमा पहिरो खसेपछि दुवैतर्फको सडक बन्द भएको छ। बिहान साढे ४ बजेतिर पहिरो खसेको हो।

धादिङको पृथ्वी राजमार्ग पनि कृष्णभीरमा पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। कृष्णभीरसँगै टिङराङखानी क्षेत्रमा पनि ठूलो ढुंगासहितको पहिरो खसेको प्रहरीले जनाएको छ।

यस्तै, चितवनको इच्छाकामना-४ धारापानीमा पृथ्वी राजमार्ग भासिएको छ। यहाँ साना सवारी र मोटरसाइकल चल्न सक्ने भए पनि ठूला सवारी पास हुन नसक्ने अवस्था छ।

नारायणगढ-मुग्लिन सडकखण्डमा भने राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी पूर्ण रूपमा रोकिएको छ। लगातार वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि चितवन प्रशासनले रातिको आवागमन बन्द गरेको हो।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पामा १२५ दशमलव ६ मिलिमिटर मापन भएको छ। त्यसपछि काभ्रेमा १२० दशमलव ३ मिलिमिटर वर्षा भएको छ।

अहिले कोशी, बागमती र गण्डकीका धेरै स्थानमा तथा लुम्बिनी र मधेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ। आज लुम्बिनी र गण्डकीका एक-दुई स्थानमा अत्यधिक भारी वर्षाको समेत सम्भावना छ।

अहिले यात्रा गर्दै हुनुहुन्छ भने सडक खुलेको छ कि छैन मात्र होइन, बाटोमा फेरि पहिरो खसेको छ कि छैन भन्ने पनि हेर्नुपर्ने अवस्था छ।

मौसम पूर्वानुमानअनुसार आज र आज राति पनि भारीदेखि अत्यधिक भारी वर्षाको जोखिम कायमै छ। त्यसैले अनावश्यक यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडकको पछिल्लो अवस्था बुझेर मात्र निस्कन मौसम विभागले आग्रह गरेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6