Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ बालेन शाह नेतृत्वको सरकारले ६ महिनामा गरेका छ काम

बालेन शाह नेतृत्वको सरकारले ६ महिनामा गरेका छ काम


हिजो प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो ६ महिनाको कार्यकालमा भएका कामको सूची सार्वजनिक गरेको छ।

पहिलो, मन्त्रालयको संख्या घटाइएको छ। सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेको जनाएको छ।

दोस्रो, शासकीय सुधार। सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह’ सञ्चालन गरिएको छ। साथै सय बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयनमा ल्याइएको छ।

तेस्रो, सरकारी जग्गा र बेथितिको छानबिन। रावल आयोग २०५२ को प्रतिवेदन र सरकारी क्षेत्रमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२ को प्रतिवेदन कार्यान्वयनमा ल्याइएको छ।

राजदूत नियुक्तिमा खुला प्रतिस्पर्धा। राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरी १३ जनाको नाम सिफारिस गरिएको छ।

विदेशमा समस्यामा परेका नेपालीको उद्धार। सरकारका अनुसार ६ महिनामा करिब २ हजार नेपाली नागरिकको उद्धार गरिएको छ।

सरकारी सेवा डिजिटल बनाइएको छ। जन्मदर्ता, नागरिकता र राष्ट्रिय परिचयपत्रका प्रणालीबीच अन्तरआवद्धता कायम गरी अटो फिलको व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीको श्रम स्वीकृति पनि पूर्णस्वचालित बनाइएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6