Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरातो, पहेँलो र हरियो क्षेत्र विभाजनको योजना असफल, लम्बियो नेपालमा लकडाउन

रातो, पहेँलो र हरियो क्षेत्र विभाजनको योजना असफल, लम्बियो नेपालमा लकडाउन


काठमाडौं । कोरोनाको सम्भावित महामारि रोकथामका लागि भन्दै नेपालमा जारी राखिएको लकडाउन जेठ ५ गतेसम्म पुर्याइएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले २५ गतेसम्मको घोषित लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै चैत ११ गतेदेखि जारी गरिएको लकडाउन बुधबार ४४ दिन पुगेको छ ।

लकडाउनलाई निरन्तरता दिदा देशकै अर्थतन्त्रमा नकारात्मक असर पर्नेभन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन केही खुकुलो बनाउनुपर्ने आवाज पछिल्लो समय बढ्न थालेको थियो । तर सरकारले लकडाउन बढाएर नै कोरोनाको जोखिम कम गर्ने रणनीति अघि सारेको छ । अर्थविद्हरुले मात्रै होइन्, मंगलबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमै जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गरेर लक डाउनको रणनीति परिवर्तन गर्ने बारे छलफल भएको थियो । तर प्रदेश नम्बर पाँचको नेपालगञ्जमा समुदायस्तरमा देखिएको कोरोना अनि भारतमा बढ्दैगरेको संक्रमण र मृत्युदरबाट बढ्नसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले बन्दाबन्दीलाई नै निरन्तरता दिएको बताइएको छ ।

कोरोना परिक्षण सोचेजति गर्न नसकिएको स्विकार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै क्षेत्र विभाजन गर्ने हतारो गर्दा बढ्नसक्ने जोखिमलाई मध्यनजर गर्दै लकडाउनकै निरन्तरतामा जानुपर्ने अडान राखेपछि पछिल्लो पटक लकडाउन थपिएको बताइएको छ । यस्तै, अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाकाको आवागमनमा लगाएको रोकलाई समेत लम्ब्याएर मे ३१ अर्थात जेठ १८ गतेसम्म पुर्याइएको छ ।


ट्याग : ##Nepallockdown
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6