Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली भूमि मिचिदा चौतर्फी बिरोध, एनआरएनएको समेत गम्भिर ध्यानाकर्षण

नेपाली भूमि मिचिदा चौतर्फी बिरोध, एनआरएनएको समेत गम्भिर ध्यानाकर्षण


काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेसँगै नेपालमा भारती कदमको चर्को बिरोधी भैरहेको छ । सडकमा युवा विद्यार्थी तथा विभिन्न अभियन्ताले भारत बिरोधी आन्दोलन गरिरहदा सदनमा समेत सांसदहरु यही बिषयमा केन्द्रित भएका छन् । सांसदहरुले भारतको हेपाहा प्रबृत्ति बढी भएको भन्दै बलियो कुटनीतिक उपस्थिति सहित तत्काल सम्भावद थाल्न र सीमा क्षेत्रको दिर्घकालिन समाधान खोज्न सरकारलाई दबाब दिइरहेका छन् ।

लिपुलेक क्षेत्रको अतिक्रमित भूमि फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट समेत परेको छ । यता, नेपाली भूमि मिचिएको पछिल्लो घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमै चर्चा पाएको छ । विश्वका विभिन्न देशमा बसोबास गर्ने गैह्रआवासीय नेपालीहरु समेत भारतीय थिचोमिचो बढी भएको भन्दै आन्दोलित भएका छन् । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले गोब्याक इण्डिया लगायतको नारा लगाउँदै कोरोना माहामारीकाबीच नेपालको पक्षमा सडकमै उत्रिएर आन्दोलन गरेका छन भने अस्ट्रेलिया लगायतका देशमा बसोवास गर्ने नेपाली समेत भारतिय पक्षबाट अतिक्रमण भएको भूमि फिर्ता हुनुपर्ने, भारतीय सेना हट्नुपर्ने माग गर्दै भारत बिरोधी आन्दोलन गर्ने अवस्थामा छन् ।

विदेशमा विभिन्न पेशा व्यवसायका क्रममा छरिएर रहेका नेपालीहरुको साझा संगठन गैह्रआवासीय नेपाली संघले समेत विज्ञप्ती निकालेर लिपुलेक क्षेत्रमा भारतले गरेको थिचोमिचोको भत्सर्ना गरेको छ । भारतले लिपुलेकस्थित नेपाली भूमिमा गरेको सडक विस्तार अन्तर्राष्ट्रिय कानुन विपरित नेपालको सार्वभौमिकता र अखण्डतामाथीको ठाडो हस्तक्षप भएको भन्दै एनआरएनएले विश्वभरका नेपाली आफ्नो भूमि रक्षाका लागि ढाल बनेर उभिने उद्घोष गरेको छ ।

सयौँ बर्ष पुरानो सीमा विवादको कुटनीतिक तथा राजनीतिक सम्वादमार्फत समाधान खोज्नुको साटो भारत उल्टै थिचोमिचोमा उभिएको ठहर एनआरएनएले गरेको छ । नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक अतिक्रमण गरेर जारी राखेको भारतीय नक्सा सच्याउन र सीमा क्षेत्रमा तैनाथ गरिएको सेना हटाएर तत्काल राजनीतिक तथा कुटनीतिक पहल थाल्न एनआरएनले जोडदार माग गरेको छ ।

धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेको थियो । गत शुक्रबार मात्रै थप हस्तक्षेप गर्दै लिपुलेकस्थित नेपाली भूमिबाट तिब्बतस्थित मानसरोबर जाने सडक उद्घाटन गरेको थियो । यो भारतीय कदमको नेपालसँगै बिदेशमा समेत चर्को बिरोध भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6