Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalप्रधानमन्त्री ओली नैतिक संकटमा,फकाउँदै गौतम

प्रधानमन्त्री ओली नैतिक संकटमा,फकाउँदै गौतम


काठमाडौं । एकलौटी निर्णयमा चल्ने स्वभावका कारण नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट नैतिक संकटमा फसेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको स्थायी कमिटीको बैठकले ओलीलाई ठाडो चुनौती दिँदै उनीविरुद्ध बहुमतले प्रस्ताव पारित गरेपछि नैतिक संकटमा परेका हुन् ।

मंगलबार बिहान ११ बजे आयोजित स्थायी कमिटीको बैठक एकलौटी रुपमा स्थगनको घोषणा गरेर प्रधानमन्त्री ओली आफू त सहभागी भएनन् नै, आफ्नो समूहका १४ नेताहरुलाई उपस्थित नहुन निर्देशन दिए । तर ४४ सदस्यीय स्थायी कमिटीका २९ जनामात्रै सहभागी भएर बैठक बस्यो । बैठकले स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधिविपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निष्कर्ष सहित पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ । पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र पार्टीको वर्तमान संकटललाई सकारात्मक ढंगले निकास दिन योगदान पु¥याउनका निम्ति पार्टीका सबै नेता कार्यकर्ता र सदस्यहरुलाई आआफ्नो ठाउँबाट भूमिका खेल्न पनि बैठकले आह्वान गरेको छ ।

बहुमतको निर्णय भइरहँदा सहमतिका लागि भन्दै ६ बुदे प्रस्ताव पेश गरेका बामदेव गौतमलाई भेट्न प्रधानमन्त्री आफै साँझ भैंसेपाटी पुगेका थिए । बहुमत स्थायी समिति सदस्यले पार्टी बिधि बिधान अनुसार चल्नुपर्ने, ओलीको स्वेच्छाचारिता अन्य हुनुपर्ने पक्षमा देखिदा स्थायी कमिटी सदस्य एवं मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा दुर्घटना नजिक देखिन्छ सल्लाह गरौं भन्ने लेखेर नेकपामा बिवाद थप उग्र भएको संकेत गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6