Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंको अपराध कथा, साँढे ४ महिनामा ८ जनाको मर्डर

काठमाडौंको अपराध कथा, साँढे ४ महिनामा ८ जनाको मर्डर


काठमाडौं । व्यस्त शहर गोंगबु चोकबाट करिब दुईतीन सय मिटर भित्र आइतबार सुटकेसभित्र टाउको विनाको शव फेला पर्यो । स्थानीयले रगत बगेको देखेपछि खबर गरेर पुगेको प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा करिब ३ सय मिटर परको चौरमा झोलमा प्याक गरेर फलिएको अवस्थामा टाउको र खुट्टा बरामद गर्यो ।

पहिचान नखुलेको उक्त शब यतिबेला पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ । अन्दाजी ४५ वर्षिया मंगोलियन पुरुषको हत्या गरेर शव फ्यालिएको प्रारम्भिक आँकलन सहित अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले घटना बारे विस्तृत अनुसन्धान जारी राखेको महाननगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

घटनाको प्रकृति हेर्दा, पहिलेदेखी नै योजना बनाएर शनिबार राती हत्या गरी फ्यालेको देखिन्छ । तर प्रहरीले अनुसन्धान प्रक्रियामा रहेको भन्दै अहिले नै घटना बारे बोल्ने समय नभएको बताएको छ । हुनत, काठमाडौंमा लकडाउनपछिको साँढे ४ महिनामा नै ८ जनाको हत्या भएको छ ।

यस्ता छन्, गोंगबु बाहेकका पछिल्ला ७ मर्डरका घटना

घटना नम्बर १ स् बैशाख ७ गते काठमाडौं गुहेश्वरी नजिकै सडेको अवस्थामा शव फेला, मृतक र घटनाबारे अनुसन्धान जारी ।

घटना नम्बर २ स् जेठ १४ गते पाशुपत क्षेत्र नजिक घाइते अवस्थामा प्रहरीबाट उद्धार गरिएका एक जनाको मृत्यु, एक अभियुक्त बिरुद्ध कानुनी कारबाही ।

घटना नम्बर ३ स् जेठ १७ गते । काठमाडौंको बुढानिलकण्ठमा आफ्नै श्रीमतिको हत्या, श्रीमान हिरासतमा ।

घटना नम्बर ४ स् असार ११ गते टोखा बानियाटरमा श्रीमानबाटै श्रीमतिको हत्या, अभियुक्त हिरासतमा ।

घटना नम्बर ५ स् असार ११ गते विजेश्वरीमा एक जनाको हत्या । २ जना अभियुक्तमाथि कानुनी कारबाही ।

घटना नम्बर ६ स् असार १९ गते । काठमाडौं स्यूचाटारमा भारतीय नागरिकको हत्या, तीन जना उनकै साथीविरुद्ध हत्या अभियोगमा कारबाही

घटना नम्बर ७ स् साउन २ गते बालाजु क्षेत्रमा राती हिनेका युवामाथी चोर भन्दै स्थानीयले कुटपीट गरेर हत्या, केहीमाथी कारबाही गरेर अनुसन्धान जारी

केही बाहेक यी अधिकांश घटनाको अनुसन्धान पुरा भएको महाननगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौर बताउँछन् । यी घटना बाहेक काठमाडौं उपत्यकामा चोरी डकैती र कुटपिटका धेरै घटनाहरु यो अवधिमा भएका छन् । काठमाडौंवासीले हत्याहिंसाका घटना बढेको बताउँदैगर्दा प्रहरी भने अपराधको अवस्था विगत जस्तै रहेको दाबी गरिरहेको छ ।

अन्य भन्दा फरक पाइएको गोंगबु शव बरामद प्रकरणको अनुसन्धान र कारबाही प्रहरीले दाबी गरेजस्तै छिट्टै टुङ्गीन्छ वा समय लाग्छ रु यसले प्रहरी अनुसन्धानको विश्वसनियता मापन गर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6