Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंघीय सांसदलाई नयाँ नक्सा समेटिएको लोगो, हातैले कुँदेर डेढ महिनामा तयार

संघीय सांसदलाई नयाँ नक्सा समेटिएको लोगो, हातैले कुँदेर डेढ महिनामा तयार


काठमाडौं । केही महिनाअघी अद्यावधिक गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) आइतबार संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा संघीय संसदका महासचिव डा भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गनुभएको हो ।

सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले आइतबारबाटै नयाँ लोगो लगाएका छन् । गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय गरेको थियो । संघीय संसद सचिवालयले नयाँ लोगो तयार पारेर वितरण गरेको हो । दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयमा निर्णण गरिएको हो ।

महासचिव गौतमले प्रतिलोगो ५ हजार ५ सय २७ रुपैंया खर्च भएको जानकारी दिनुभयो । संघीय संसदका सदस्यहरुलाई समेत नयाँ नक्सा अंकित लोगो उपलब्ध गराइएको छ । यसअघिको लोगो डिजाइन गरेका डिजाइनर ८७ वर्षीय टेकवीर मुखियाले तयार पारेको लोगो पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उधोग कार्यालय, ललितपुरका कलाकारहरुले करिब डेढ महिना लगाएर हातैले कुँदेर तयार पारिएको थियो । जनताको सर्वोच्च निकाय संसदका सदस्यले प्रयोग गर्ने लोगो भएकाले हातैले विशेष महत्वका साथ निर्माण गरिएको महासचिव गौतमले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6