Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल दोश्रो कार्यकालका लागि राष्ट्रसंघीय मानवअधिकार परिषदमा निर्वाचित

नेपाल दोश्रो कार्यकालका लागि राष्ट्रसंघीय मानवअधिकार परिषदमा निर्वाचित


काठमाडौं । नेपाल पुनः राष्ट्रसंघीय मानवअधिकार परिषदमा निर्वाचित भएको छ । न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा मंगलबार भएको निर्वाचनबाट नेपाल दोस्रो कार्यकालका लागि निर्वाचित भएको हो ।

२०२१–२०२३ का लागि निर्वाचित भएको नेपालले १ सय ५० मत पाएको थियो । नेपालको द्वन्द्वकालीन मुद्दामा पटक पटक राष्ट्रसंघमा आवाज उठिरहेको समयमा यो सदस्यता महत्वपूर्ण हुने आँकलन गरिएको छ । एशिया प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, पाकिस्तान र उज्वेकिस्तान पनि परिषदमा निर्वाचित भएका छन् ।

परिषदमा कोटे डि आइभोरी, ग्याबोन, मलावी, सेनेगल, रुस, युक्रेन, बेलायत, बोलिभिया, क्युबा, मेक्सिको र फ्रान्स सदस्य बनेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6