Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहुम्ला र मुगुमा हिमपात, देशभर चिसो बढ्यो

हुम्ला र मुगुमा हिमपात, देशभर चिसो बढ्यो


हुम्ला, काठमाडौं । हुम्ला र मुगुमा गएरातिदेखि भारी हिमपात भएको छ । हिमपातले हुम्ला, मुगुलगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनाएको छ । उच्च हिमाली जिल्लामा हिमपात भएसँगै देशभर चिसो बढेको छ ।

सिमकोटमा तापक्रम माइनस ८ डिग्री मा झरेको छ । नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष पाल्जोर तामाङले नाम्खा गाउँपालिकाको लिमीमा एक फिट भन्दाबढी हिउँ जमेको जानकारी दिनुभयो । हिमपात सुरू भएपछि लिमिबाट सदरमुकाम सिमकोट आवतजावतमा समस्या भएको बताउनुभयो । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीको चरमा समेत समस्या भएको स्थानीयले बताएका छन् । हिमपातले चिसो बढेसँगै भाइटिका थाल्न जानेहरु समेत मारमा परेका छन् ।

पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको हुँदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लगायतका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रका थुप्रै स्थानमा हिमपात भइरहेको छ । उच्च हिमाली जिल्लामा जारी रहेको हिमपात र मौसमी वद्लाबका कारण देशैभर चीसो बढेको छ । पूर्वी नेपालको तुलनामा पश्चिम नेपालमा चीसो बढेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6