Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचिनियाँ रक्षामन्त्री वेई फेङ्गे काठमाडौंमा, आजै स्वदेश फर्किने

चिनियाँ रक्षामन्त्री वेई फेङ्गे काठमाडौंमा, आजै स्वदेश फर्किने


काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गे नेपाल आइपुगेका छन् । केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनी उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेर आज फिर्ता हुनेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीको स्वागतपछि सङ्क्षिप्त मन्तव्य दिदै रक्षामन्त्री फिड्गेले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पार्नुभएको छ । चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उहाँले त्यसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आफू नेपाल आएको र भ्रणको उद्देश्य सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटसीधै बालुटारस्थित चिनियाँ दूतावासमा आराम गर्न पुगेका जनरल वेई फेङ्गे दिउँसो दुई बजे जंगीअड्डा पुग्ने कार्यक्रम छ । जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई सम्मानगारथ अर्पण गर्नेछ । त्यसपछि उनले प्रधानसेनापति थापालाई शिष्टाचार कल गर्ने छन् । चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल सकेर उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् ।

बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् । राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6