Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंको माइतीघरमा किन हुँदैछ निरन्तर आन्दोलन ?

काठमाडौंको माइतीघरमा किन हुँदैछ निरन्तर आन्दोलन ?

सरकारविरुद्ध नारा : तिम्रो कानुन चाहिँदैन, छोरी मार्न पाइँदैन


काठमाडौं । महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्ध माइतीघर मण्डलमा पछिल्लो समय नियमित विरोध प्रदर्शनका कार्यक्रम भैरहेका छन् । शनिबारपद्‌मकन्या क्याम्पसका छात्राहरूले मुखमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन्।

उनीहरूले १० दिन पहिले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट, अढाई वर्ष पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलगायतको घटनामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरे। बलात्कारी हत्यारालाई सार्वजनिक गर्न माग गरेका उनीहरुले तिम्रो कानुन चाहिँदैन, छोरी मार्न पाइँदैन भन्दै सरकारमाथी खबरदारी गरेका थिए ।

निरन्तर नागरिक समाजको प्रदर्शन
अर्कोतर्फ अहिंसात्मक नागरिक प्रर्दशनको नाममा पनि शनिबार काठमाडौंको माइतीघर मण्डलामा सरकारको प्रतिगनमकारी कदम विरुद्ध आन्दोलन भएको छ । नागरिक समाजका प्रतिनिधिले गरेको प्रदर्शनमा प्रतिनिधिसभा मान पाईदैन, निरंकुश सरकार चाहिँदैन भन्दै प्ले कार्ड प्रदर्शन तथा नारावाजी गरिएको थियो ।

संवैधानिक निकायको कब्जा बन्द गर, संवैधानिक प्रणालीको सुरक्षा गर–राजद्रोहीलाई कारवाही गर, लगायत नारा लेखिएका पर्चा सहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको निरन्तर विरोध गर्दै आएका छन् । प्रर्दशनमा केदारनरसिंह केसी, डाक्टर गोविन्द केसी, नारायण वाग्ले लगायत पेशाकर्मी तथा अधिकारकर्मीहरुको उपस्थिति रहदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6