Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोनाविरुद्धको खोप : निजामती कर्मचारी र जनप्रतिनिधिले लगाउँदै

नेपालमा कोरोनाविरुद्धको खोप : निजामती कर्मचारी र जनप्रतिनिधिले लगाउँदै


काठमाडौं । नेपालमा कोभिड १९ विरुद्धको खोप लगाउने क्रमले तिब्रता पाएको छ । स्वास्थ्यकर्मी, सफाइकर्मी, सञ्चारकर्मीहरुले कोरोनाविरुद्धको खोप लगाएसँगै आइतबारबाट निजामती सेवाका कर्मचारीलाई खोप दिन थालिएको छ । आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारी लगायतले कोभिड १९ विरुद्धको खोप लगाउन थालेका छन् ।

निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतिले निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर खोप लगाइएको जानकारी दिनुभयो । यसैगरी प्रहरीहरुलाई पनि परिचयपत्र हेरेर खोप लगाउन थालिएको छ । जनप्रतिनिधि तथा जोखिम समूहमा रहेका बृद्धबृद्धालाई समेत कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ ।

पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीले मेडिकल काउन्सिलले लेखेको पत्र अनुसार, नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीले पनि खोप लगाउन थालेका छन् । अदालतका न्यायाधीश र अदालतमा काम गर्ने वकिलहरुलाई पनि परिचय पत्रका आधारमा खोप लगाइदैछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6