Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबलात्कारपछि हत्या गरिएको १७ दिनपछि भागरथी भट्टको अन्त्यष्टि

बलात्कारपछि हत्या गरिएको १७ दिनपछि भागरथी भट्टको अन्त्यष्टि


काठमाडौ, बैतडी। बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको १७ दिन पछि बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको अन्त्यष्टि गरिएको छ ।

भागरथीको शवमा राष्ट्रिय झण्डा ओढाएर अन्त्यष्टि गरिएको थियो । गत माघ २१ गते विद्यालय गएकी भागरथी २२ गते मृत लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । भागरथी भट्ट निकै जेहन्दार र परिवारको भरोसा थिइन् । बुवाको निधन भएको ४५ दिन पनि नपुग्दै उनको निधन भएको घटनाले परिवार शोकमा डुवेको छ । परिवारका सदस्यले घटनामा संलग्न पक्राउ नपर्दासम्म शव नबुझ्ने अडान राखेका थिए । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका उनकै छिमेकी र नातामा भाई पर्ने दिनेश भट्टलाई सार्वजनिक गरेपछि आफन्तले शव बुझेका थिए । शुक्रवार मध्यान्नपछि दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जानकारी दिए ।

बलात्कारपछि हत्या गरिएकी भागरथीको शव आजसम्म जिल्ला बैतडीको शवगृहमा राखिएको थियो । भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय नेता लगायतको सहभागिता रहेको थियो । शवयात्राका क्रममा आफन्तहरुको रुवाबासी चलेको थियो । अभियुक्त भट्टले भागरथीका बुबाले आफ्नो फुपु दिदिमाथी पहिले गरेको बलात्कारको बदला लिन घटना घटाएको प्रहरीलाई बयान दिएका थिए । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदी नेतृत्वको टोली खटिएको थियो । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित अनुसन्धानमा खटिएका थिए ।

घटना बारे अहिले पनि वरिष्ठ उपरीक्षक पाण्डेको टोलीले थप अनुसन्धान गरिरहेको छ । दिनेशको शङ्कास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साविती बयानका आधारमा सार्वजनिक गरेर प्रहरी टोली थप अनुसन्धानमा जुटेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6