Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविराटनगरमा ओली समूहको शक्ति प्रदर्शन, प्रचण्ड–नेपाल समूह सकिएको दाबी

विराटनगरमा ओली समूहको शक्ति प्रदर्शन, प्रचण्ड–नेपाल समूह सकिएको दाबी


काठमाडौं । संसद विघटन गरेर एकलौटी रुपमा सत्ता सञ्चालन गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले आज प्रदेश १ को विराटनगरमा शक्ति प्रदर्शन गरेको छ । शनिबार विराटनगरमा आफ्नो समूहले गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड समूह अब सकिएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डजीको त मलाई माया लाग्छ । पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ । अब उनलाई झाँक्रीले बचाउन सक्दैनन् । उहाँ गलत बाटोमा हुनुहुन्छ । सिद्धिइसकेका प्रचण्डलाई मैले जुरो हाल्देको थिएँ, सिंङ हाल्देको थिए, लामो सिंङ भएपछि हामीलाई सिध्याउन खोज्नुभयो, आफैँ सकिएको पत्तो छैन ।’ प्रधानमन्त्री ओलीले आफ्नो आमसभामा लाखौँ सहभागि भएको संकेत गर्दै क्यामेरा ड्रोन केहीले खिच्न नसक्ने केवल चन्द्रमाले अवलोकन गर्ने उन्माद प्रकट गरेका थिए । प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई पार्टीमा फर्किन समेत आग्रह गरे । जनताको सागरमा मिसिनुहोस्, भिरबाट लड्ने गोरुलाई राम–राम भन्न मात्र सकिन्छ, काँध नै हाल्न सकिन्न ।’ प्रधानमन्त्री ओलीले भने ।

सरकार विकासको गतिमा दृढ रहेको जिकिर गरेका ओलीले नेकपा पार्टी सिध्याउनका लागि, नेपालबाट कम्युनिस्ट आन्दोलन सकाउन गुटको खेतीमा तल्लिन भएको आरोप लगाए । सभामुख अग्नि सापकोटाले कीर्ते सनाखत गरेको तथा उपराष्ट्रपति नन्दबहादुर पुनले समेत चुनावको विरोध गर्दै सार्वजनिक कार्यक्रममा भाषण गरेर हिडेकोको प्रधानमन्त्री ओलीले आपत्ती प्रकट गरे । अस्थिरतातर्फ मुलकलाई फर्किन नदिने दाबी गरेका प्रधानमन्त्री ओलीले भने, ‘हामी चुनावको तयारीमा छौं, चुनाव हुन्छ । कुनै भ्रममा नपर्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले भन्ने गरेका छन्, प्रतिनिधिसभा विघटन ओली तानाशाही हुनका लागि हो, चुनाव गर्नका लागि होइन, तर तपाईंहरु भ्रममा नपर्नुस् चुनाव हुन्छ ।’ दाहाल–नेपाल समूहलाई लक्षित गर्दै ओलीले केही व्यक्तिहरु अनुचित बाटोबाट अध्यक्ष हुन खोज्ने, कोही प्रधानमन्त्री बन्न खोज्ने, के यी पदहरु मलाई चाहियो भन्दैमा पाइने खेलौना हुन् भन्दै व्यंग गरेका थिए ।

गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड र नेपाल समूह आतंकित र भयभित भएको दाबी गरे । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले केही मन्त्रीहरु आफूहरुसँग फर्किन लागेको भन्ने अभिव्यक्ति आतंकित र भयभित मानसिकताको उपज भएको बताए । प्रचण्ड नेपाल समूहले गोयवल्स शैलीमा भ्रम फैलाएको तर सफल नहुने मन्त्री थापाको आरोप थियो । नेकपा नेता सुबास नेम्वाङले प्रतिनिधिसभा विघटन सर्वोच्चबाट सदर हुनेमा प्रधानमन्त्री केपी शर्मा ओली ढुक्क रहेको दाबी गरे । नेता नेम्वाङले प्रतिनिधि सभा पुर्नस्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री ओली २ सय प्रतिशत विश्वस्त रहेको र आफू प्रधानमन्त्रीप्रति विश्वस्त रहेको दाबी गरेका हुन् । देशै निर्वाचनमय भएको दाबी गरेका नेम्वाङले विपक्षमा रहेका दलहरु पनि वडा तहसम्म चुनाव चिन्ह लिएर प्रचार गर्दै हिँडेको जिकिर गरे । सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट भोट माग्दै विज्ञप्ति निकाल्ने नेता नेम्वाङको दाबी थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6