Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमस्तिष्कघात भएका कांग्रेस नेता नवीन्द्रराज जोशीको नर्भिक अस्पतालमा उपचार हुँदै, अवस्था गम्भिर

मस्तिष्कघात भएका कांग्रेस नेता नवीन्द्रराज जोशीको नर्भिक अस्पतालमा उपचार हुँदै, अवस्था गम्भिर


काठमाडौं । मस्तिष्कघात भएर उपचाररत पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था निकै जटिल रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । नेता जोशीको उपचारमा संलग्न नर्भिकका न्यूरो सर्जन डा. राजीव झाले कोमामा निक्कै जटिल अवस्थामा उपचार भइरहेको जानकारी दिनुभएको हो ।

‘सास फेर्न गाह्रो भएको थियो र बान्ता फोक्सोमा पुगिसकेको थियो । सास फोर्न सहज होस् भनेर पाइप राख्नुका साथै फोक्सोमा पुगेको वान्ता निकालिएको छ । डा. झाले बताउनुभयो ।, ‘हेर्दै जाँदा उहाँको एउटा आँखाको नानी फुलेको देखियो । दुबै आँखाको नानी फुलेको मृत्यु भएको अवस्थामा मात्र हुन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको देखियो ।’ सिटी स्क्यान गर्दा रगत दिमागको बीचमा पानी जम्मा हुने ठाउँमा पुगेर ब्लक गरेको पाइएको डा. झाले जानकारी दिनुभयो ।

सुगर, प्रेसर लगायतका रोगबाट समेत पीडित उनले रगत पातलो बनाउने औषधि खाइरहनुभएको थियो । यस्तो मानिसको सर्जरी गर्दा धेरै रक्तश्राब हुने भएकाले रगत जोहो गरेर सर्जरी गरिएको थियो । १२०-१३० मिलिलिटर पानी निकालेर अहिले भेन्टिलेटरमा राखेर जोशीको उपचार भइरहेको छ । यो अवस्था निकै जटिल भएको र यस्तो अवस्थामा पुगेका ६०-७० प्रतिशतलाई बचाउन नसक्ने भन्दै डा. झा ले उहाँलाई कसरी बचाउने भनेर लागिपरेको बताउनुभयो । यस्तो अवस्थाबाट बाँचेकाहरुमा ठूलो प्यारालाइसिस लामो समयसम्म रहनसक्ने बताइएको छ ।

बिहिबार राती मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा भर्नाए गरेर उपचार गरिएको छ । दोस्रो हात बाउँडिन थालेपछि जोशीले श्रीमती र छोरीलाई अस्पताल लैजान भनेका थिए । गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बोहोस भएको र सिटी स्क्यान गरेर हेर्दा ठाउँकोमा रगत जमेको पाइएपछि वीरबाट थप उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6