Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड, कहिले विवाद निरुपण ?

प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड, कहिले विवाद निरुपण ?


काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । शुक्रबार ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।

प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद गरी १११ जना सहभागी भएका थिए । योगेश भट्टराईसहित ४ जना विभिन्न कारणले शुक्रबारको बैठकमा सहभागी हुन नपाएको बताइएको छ । प्रचण्ड माधव समूहले गत पुसमा नै संसदीय दलको बैठक बसेर प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको भएपनि सर्वोच्च अदालतले संसद विघटन बदर गरेको बदलिँदो अवस्थामा प्रक्रियागत रुपमा फेरि संसदीय दलको नेता चयन गरेको यो समूहले दाबी गरेको छ ।

आधिकारिकता विवाद तत्काल टुङ्ग्याउन निर्वाचन आयोगमा पत्र
प्रचण्ड–माधव समूहले नेकपाको अधिकारिकता विवाद तत्काल निरुपण गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरुले शुक्रबार निर्वाचन आयोग पुगेर तत्काल विवाद निरुपणसम्बन्धी प्रक्रिया सुरु गर्न निवेदन दिएका हुन । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार आयोगको बैठक बस्ने र त्यही दिनबाट प्रक्रिया सुरु गर्ने आश्वासन दिएको नेता पाण्डेले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6