Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडिसेम्बर ३० मा ब्रिजवेनमा गुरुङ ल्होछारको विशेष कार्यक्रम हुदै, सहभागी हुन खोप अनिवार्य

डिसेम्बर ३० मा ब्रिजवेनमा गुरुङ ल्होछारको विशेष कार्यक्रम हुदै, सहभागी हुन खोप अनिवार्य


ब्रिजवेन/कुइन्सल्याण्डका गुरुङ समुदायले डिसेम्बर ३० तारिखमा ब्रिजवेनमा ल्होछार मनाउने भएका छन् । ल्होछार अर्थात नयाँ वर्षको अवसर पारेर तमु कम्युनिटी ब्रिजवेनले विशेष कार्यक्रमको आयोजना गर्दैछ । पुस १५ तमु ल्होछारकै दिन पारेर कम्युनिटीले ब्रिजवेनको मिचेल्टनस्थित सामुदायिक भवनमा ल्होछारको कार्यक्रम गर्न लागेको तमु अगुवा कमल गुरुङले जानकारी दिनुभयो । कार्यक्रम आयोजना गर्न विभिन्न समुह बनाएर जिम्मेवारी बाडफाड भइसकेको गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रम स्थलमा दिउसोबाटै तमु र गैर तमुहरु जम्मा भएर परम्परागत खेल छेलो हान्ने  प्रतिष्प्रर्धा हुनेछ । साँझपख भने सभा हलमा ल्होछारको औपचारिक कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा गुरुङ जातिका लोकप्रिय नृत्य, गित र संगित समेत प्रस्तुत हुनेछन् । त्यस्तै पाहुना र सहभागीका लागि रात्रीभोजको समेत व्यवस्था गरिएको कम्युनिटीले जनाएको छ । यसपालीको ल्होछारको कार्यक्रमा दोस्रो पुस्ताका गुरुङ केटाकेटीलाई यस पर्वको महत्व बुझाउनका लागि विशेष रुपमा सहभागी समेत गराइने भएको छ ।

कार्यक्रममा सहभागी हुनका लागि ३० डलर टिकट शुल्क राखिएको छ । १२ वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकालाई भने प्रवेश निशुल्क गरिएको छ ।  कार्यक्रममा सहभागी हुनका लागि राज्यको नियम अनुसार दुबै खोप अनिवार्य लगाएको हुनुपर्ने कम्युनिटीले जनाएको छ । कोरोनाको नियम पालना गर्दै सबै तमु र गैर तमुलाई ल्होछारको कार्यक्रममा सहभागी भएर नेपाली चाडलाई भव्यताका साथ मनाउनका लागि कम्युनिटीले सबैमा आग्रह समेत गरेको छ ।

गुरुङ अर्थात तमु जातिको नयाँ वर्षलाई ल्होछार भनिन्छ । १२ वटा जनावर रहेको गुरुङ पात्रोमा हरेक वर्ष एउटा जनावरले भोग गर्छ । पात्रो अनुसार पुस १५ मा जनावर परिवर्तन हुने दिनलाई गुरुङहरुले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । यसपाली गुरुङहरुले गाई वर्षलाई बिदाई गरि बाघ वर्षलाई स्वागत गर्दैछन् । गुरुङ चलन अनुसार जुन जनावरको बेलामा मानिसको जन्म भयो उसको वर्ग पनि त्यहि जनावरको नामबाट राखिने गरिन्छ । गुरुङ समुदायमा वर्गको महत्व अन्य समुदायको चिना जस्तै हो ।


ट्याग : #Australia, #brisbane, #gurung, #lhosae 2021
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6