Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्विनवेनमा बस्ने नेपालीहरु संगठित बन्दै, पाण्डेको अध्यक्षतामा ‘नेपाली समाज क्विनवेन’ गठन

क्विनवेनमा बस्ने नेपालीहरु संगठित बन्दै, पाण्डेको अध्यक्षतामा ‘नेपाली समाज क्विनवेन’ गठन


ब्रिजबेन । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको क्विनवेनमा बस्ने नेपालीहरुले ‘नेपाली समाज क्विनवेन’ गठन गरेका छन । समाजले यस क्षेत्रमा बस्ने नेपालीहरुलाई गोलबद्द गर्दै विभिन्न नेपाल तथा अष्ट्रेलियामा मनाइने चाडपर्वहरु खेलकुदका कार्यक्रम व्यवस्थित तरिकाले गर्नेछ ।

नेपाली युवाहरुमाझ लोकप्रिय फुटबल,क्रिकेट जस्ता खेलहरुलाई क्लबको रुपमा विकास गरेर संरक्षण एवंम सम्वर्धन गर्ने उद्देश्य समेत राखिएको नवगठित समाजका अध्यक्ष दिपक पाण्डेले जानकारि दिनुभयो । अष्ट्रेलियाको राजधानी क्यानवेरासँग जोडीएको क्विनवेनमा लामो समयदेखि नेपालीहरु बसोबास गर्दै आईरहेको भएपनि यसअघि नेपालीहरु गोलबद्द हुनेगरि कुनैपनि संघसंस्था क्रियाशिल थिएनन्।

क्यानवेरामा सक्रिय नेपाली संस्थाहरुले नै यहॉका नेपालीलाई गोलबद्द गरेर विभिन्न कार्यक्रम आयोजना गर्दैआएका थिए । स्थाई बसोवासका लागि अष्ट्रेलियन सरकारले रिजनल क्षेत्रलाई प्राथमिकता दिने नीति लिएसँगै अन्य मुलका जस्तै नेपालीहरुको चाप पनि यो क्षेत्रमा बढ्दो क्रममा छ ।

यस्तो छ नवगठित कार्यसमिति
दिपक पाण्डेको अध्यक्षतामा गठित नेपाली समाज क्विनवेनमा केदार चापागाई र शुरेस अम्गाई उपाध्यक्ष चयन भएका छन् । महासचिवमा राम खडका, सचिवका रुपमा राजेन्द्र चापागाई, सहसचिव चोलेश्वर तिवारी, कोषाध्यक्ष उमेश नेपाल र सहकोषाध्यक्षका रुपमा विष्णु कडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा शरद पोखरेल, विशाल थापा,महेश थापामगर, हेमन्त कुमार श्रेष्ठ,प्रकाश भट्टराई, रिवाज वराल र पुस्कर काफ्ले रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6