Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ सिड्नीमा विद्यार्थीलाई निशुल्क एन्जिटजन टेष्ट किट वितरण गरिदै, यसरी पाउन सकिन्छ

सिड्नीमा विद्यार्थीलाई निशुल्क एन्जिटजन टेष्ट किट वितरण गरिदै, यसरी पाउन सकिन्छ


सिड्नी/समस्यामा परेका विद्यार्थी र नेपालीलाई कोभिड टेष्ट गर्नका लागि र्यापिड एन्टिजन टेष्ट किट वितरण गरिदैछ । आईतबारदेखिप्रवासी नेपाली मञ्च अष्ट्रेलिया ओएनएफले पहिलो चरणमा १ सय थान किट वितरण गर्न लागेको हो । ओएनएफ अन्तराष्ट्रियकमिटीका केन्द्रिय सचिव रमेश पाण्डेका अनुसार आर्थिक समस्या र किट नपाएर अप्ठ्यारोमा परेका विद्यार्थी र भिषा बिग्रिएकानेपालीलाई प्राथमिकतामा राखेर वितरण गरिने भएको हो ।

अन्यत्र किट नपाएका अन्य नेपालीले भने केही रकम चन्दा स्वरुप दिएर पनि किट लिन सक्ने पाण्डेले जानकारी दिनुभयो । सिड्नीका ५वटा ईलाकाबाट किट वितरण गरिदैछ । किट लिनका लागि क्षेत्र र सम्बन्धित व्यक्तिको नाम र नम्बर तल उल्लेख छ ।

किटको उपलब्धता सहज नहुञ्जेल वितरण कार्य जारी राखिने पाण्डेले बताउनुभयो । ओएनएफले सिड्नीका सप्लायर्ससंगै सिधै किटखरिद गरेको हो । एउटा किटको १७ डलरमा खरिद गरिएको पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै कोभिड संक्रमण भएर सात दिन आईसोलेसनमा बस्नुपर्ने  आर्थिक अभावमा रहेका विद्यार्थीलाई हप्ताको २ सय डलर समेतउपलब्ध गराउने सचिव पाण्डेले जानकारी दिनुभयो । जसका लागि ५ हजार डलर बजेट छुट्याईएको छ । ओएनएफ नेकपा एमालेकोभातृ संगठन हो ।

यसैबिच किट वितरणको समाचार बारे प्रवासी नेपाली मञ्च अष्ट्रेलिया ओएनएफका नव नियुक्त अध्यक्ष केशव जोशीसंग टेलिफोन गरि बुझ्नखोज्दा उहाँले आफुलाई पनि कोभिड लागेको, सुचना थाहा नभएको र कोही पत्रकारलाई पनि नचिन्ने भन्दै झर्किएर फोन काटिदिनुभयो ।अध्यक्षको यस्तो व्यवहार बारे जानकारी पाएपछि ओएनएफ अन्तराष्ट्रिय कमिटीका केन्द्रिय सचिव रमेश पाण्डेले घटनाप्रति दुख व्यक्तगर्नु भएको छ । आफ्ना अध्यक्षसंग के भएको हो बुझ्ने भन्दै सचिव पाण्डेले नेपालट्युबसंग माफी समेत माग्नु भएको छ ।  photo-abc


ट्याग : #news, #ONF Australia, #Rapid antigen test kit
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6