Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिमा खुलेसंगै अष्ट्रेलियामा मानव तस्करी बढ्न सक्ने भन्दै प्रहरीको कडा निगरानी

सिमा खुलेसंगै अष्ट्रेलियामा मानव तस्करी बढ्न सक्ने भन्दै प्रहरीको कडा निगरानी

यस्तो व्यवहार भए मानव तस्करी हुन्छ है


ब्रिजवेन/अन्तराष्ट्रिय सिमा खुल्ला भएसंगै अष्ट्रेलियामा मानव तस्करी बढ्न सक्ने भन्दै संघिय प्रहरीले निगरानी कडा पारेको छ । अष्ट्रेलियन फेडेरल पुलिस एएफपीले यात्रुहरुलाई मानव तस्करीका प्रकार र प्रवृत्तिबारे जानकार रहन समेत आग्रह गरेको छ । एपिएफको तथ्याकं अनुसार पछिल्लो ७ वर्षमा अष्ट्रेलियामा मानव तस्करी ३ गुणाले बढेको छ । कोभिडको कारणले सिमाना बन्द हुदा मानव तस्करी केही नियन्त्रणमा आएजस्तो देखिएको भएपनि सिमा खुलेसंगै सन् २०२२ मा मानव तस्करी बढ्न सक्ने र तस्करहरुले नयाँ नयाँ माध्यमबाट यस्तो अभ्यासलाई बढाउ दिनेमा एएफपी चनाखो भएको बताइएको छ ।

एएफपीका अनुसन्धानकर्ताहरुले सिमा खुकुलो भएसंगै तस्करहरुले कसैको इच्छा विपरित मानिसहरुलाई भित्र्याउनका लागि प्रयास गर्ने प्रयाप्त आधारहरुमा निगरानी बढाएको विज्ञप्तीमा उल्लेख छ । एएफपीका मानव शोषण सम्बन्धी विभागका प्रहरी उपरिक्षक जेनी क्रसलिङका अनुसार अष्ट्रेलियामा मानव तस्करीका निकै कम घटना मात्रै उजुरी हुने गरेका छन् । अध्ययनहरुका अनुसार मानव तस्करीका एक जना पीडित पहिचान हुदा अन्य चार जना बारे भने अधिकारीहरु बेखबर रहने गरेको जेनीले बताउनुभयो ।

‘डर, धम्की र त्रास देखाएर कसैको इच्छा विपरित अष्ट्रेलिया प्रवेश गर्न र छोड्न लगाउनु हाम्रो कानुन अनुसार गैर कानुनी छ’- उपरिक्षक जेनीले भन्नुभयो -‘ यो कमनवेल्थ मानव तस्करी सम्बन्धी अपराध हो र सजाय लागु हुनेछ ।’
सिमाना खुल्ला भएर विदेशी यात्रु बढेसंगै हामी सबै मानव तस्करीका चिन्ह, संकेत र प्रवृत्तिबारे जानकार रहनु महत्वपुर्ण हुनेछ जेनीले भन्नुभयो । ‘अष्ट्रेलियामा मानव तस्करी भइरहेको छ’- जेनीले भन्नुभयो-‘ हामी सबै एक जुट भएर यस्ता शोषणबाट ती जोखिममा रहेका मानिसहरुको सुरक्षा गर्नुपर्छ ।’  एएफपीले अष्ट्रेलियामा हुने मानव तस्करीहरु जस्तै, दासत्व, जबरजस्ती बिवहा, श्रमशोषणहरुको अनुसन्धान गर्दछ । मानव तस्करी पुष्टी भएमा १२ वर्षसम्म जेल सजाय हुने अष्ट्रेलियाको कानुनी व्यवस्था छ ।

मानव तस्करी कसरी चिन्ने ?

प्रहरी उपरिक्षक जेनीका अनुसार यस्ता निम्न कुराहरु भएमा कोही मानिस मानव तस्करीमा परेको बुझिन्छ ।

१. कोही व्यक्ति यात्रा गर्न हिचकिचाएको छ वा उसको हिडडुल कसलै नियन्त्रण गरेको जस्तो देखिएमा ।

२. यात्रा गर्ने व्यक्तिसंग राहदानी छैन वा अन्य कुनै पहिचान खुल्ने कागजात छैन वा त्यस्ता कागजात अरु कसैले नियन्त्रणमा राखेको छ ।

३. कोही व्यक्ति न्युन गुणस्तरको बसाई वा काम गर्ने वातावरणमा छ भने पनि मानव तस्करीको सिकार भएको हुनसक्छ ।

४. कोही मानिस घरबाट कहिल्यै बाहिर निस्किदै वा काम बाहेक अन्य कारणले ज्यादै कम मात्र घरबाट निस्कन्छ ।

५. व्यक्तिले काम गरेको पारिश्रमिक पाउदैन, पाएपनि निकै कम पाउछ वा आफ्नो आम्दानीमा पहुच पुर्याउन सक्दैन भने पनि मानव तस्करी हुन्छ ।

६. दुव्र्येवहार, शारिरिक यातना तथा जोखिमयुक्त कार्यक्षेत्रबाट व्यक्तिको शरिरमा चोटपटक वा घाउ छ भने पनि तस्करीमा परेको हुनसक्छ ।

७. कोही व्यक्ति सधै उसको रोजगारदाता वा अन्य व्यक्तिको निगरानी भइरहन्छ वा सामाजिक जीवनमा जान पाउदैन भने पनि मानव तस्करीको सिकार भएको हुनसक्छ ।

तपाइले पनि आफ्नो वरपर यस्तै कोही माथी पनि यस्तो व्यवहार भइरहेको देख्नु भयो वा कुनै व्यक्ति मानव तस्करीमा परेको थाहा पाएमा वा आफु माथी पनि यस्तै व्यवहार भइरहेको छ भन्ने लाग्छ भने एएफपीको नम्बर १३१ २३७ मा फोन गरेर जानकारी गराउन सक्नुहुन्छ । त्यस्तै ००० मा पनि कल गर्न सक्नुहुन्छ । थप जानकारीका लागि एएफपीको यो लिंकमा जानुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6