Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा आज, यी हुन पढ्नैपर्ने प्रमुख ५ खबर

नेपालमा आज, यी हुन पढ्नैपर्ने प्रमुख ५ खबर


काठमाडौं । कोरोनाको तेश्रो लहर बढिरहेको नेपालमा चिसोको जोखिम पनि उत्तिकै छ । अझ यो मौसममा आगोलागीको जोखिम पनि बढ्न थालेको छ । कोरोनाविरुद्धको खोपलाई दिइएको तिब्रता लगायतका नेपालमा प्रमुख ५ खबरहरु यी पढौँ ।

हुस्सुसहितको चिसोले जनजिवन प्रभावित
तराईका जिल्लामा केही दिनयता बाक्लो हुस्सु, कुहिरोसँगै बढेको चिसोले जनजिवन प्रभावित भएको छ । केही दिनदेखिको बाक्लो हुस्सु, कुहिरोका कारण विशेषगरी पश्चिम तराईको जनजीवन थप कष्टकर बनेको छ । न्यूनतम तापक्रम खासै नघटे पनि अधिकतम तापक्रम लगातार घट्दो छ । नेपालगञ्ज, धनगढीलगायतका तराई मधेशमा चिसो बढ्दा दैनिक ज्याला गरी गुजारा चलाउने मजदुर सबैभन्दा धेरै समस्यामा परेका छन् । चिसो छल्न सार्वजनिक ठाउँ तथा चोकचोकमा आगो बालेर ताप्न थालिएको छ ।

काठमाडौंमा आजबाट कोरोनाविरुद्धको बुस्टर डोज
काठमाडौंका १७ ठाउँमा आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँएको छ । आइतबारेदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै आजबाट सुरु गरिएको हो । तत्कालका लागि अग्रपङ्क्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइने छ । अहिले खोप सञ्चालन भइरहेका काठमाण्डौका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिनुभएको छ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ । आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइदैछ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएमा ५ दिन क्वरेण्टीनमा बस्नुपर्ने
सरकारले कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिह्न वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वरेण्टीन बस्नुपर्ने जनाएको छ । आदेशमार्फत सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म रोक लगाइएको छ । गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमद्वारा गर्ने तथा भौतिकरूपमा उपस्थित भइ गर्नुपर्ने काम जनस्वास्थ्यका मापदण्ड पालना र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र सहभागि भएर सञ्चालन गर्न पाइनेछ । रात्रीकालिन मनोरञ्जनात्मक क्षेत्र सिनेमा हल, जिम खाना लगायतका भीडभाड हुने क्षेत्र माघ १५ सम्म बन्द गर्न भनिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को कोरोना रिपोर्ट नेगेटिभ
कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पीसीआर परीक्षणको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रचण्डको सचिवालयका अनुसार गएको पुष २३ गतेको परीक्षणमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए पछि प्रचण्ड आइसोलेशनमा हुनुहुन्थ्यो । कोरोना पोजेटिभपछि प्रचण्डले सबै भेटघाटका कार्यक्रम स्थगित गर्नुभएको थियो ।

इलामाको ‘अन्तु भ्याली टी’ कारखानामा आगलागी
इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको ‘अन्तु भ्याली टी’ कारखानामा आगलागी भएको छ । आगोलागीका कारण कारखानासहित मेसिन औजार र तयारी चिया सबै जलेर नष्ट भएका छन् । सूर्योदय नगरपालिकाका दुईवटा वारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो निभाएपनि आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण सङ्कलन गर्ने काम भैरहेको प्रहरीले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6