Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकम पारिश्रमिक दिने एडिलेडका १० क्लिनिङ्ग ठेकेदार कम्पनी कारवार्हीमा, १९ हजार डलर क्षतिपुर्ति

कम पारिश्रमिक दिने एडिलेडका १० क्लिनिङ्ग ठेकेदार कम्पनी कारवार्हीमा, १९ हजार डलर क्षतिपुर्ति


एडिलेड/ कामदारलाई कम पारिश्रमिक दिने साउथ अष्ट्रेलियाका १० क्लिनिङ्ग ठेकेदार कम्पनीमाथी कारवार्ही गरिएको छ । उनीहरुबाट २९ कामदारले पाउनुपर्ने १९ हजार डरल क्षतिपुर्ति पनि भराइएको छ । श्रमबजारको नियमन गर्ने निकाय फेयरवर्क एम्बुड्सम्यानले एडिलेडका १७ वटा यस्ता ठेकेदार कम्पनीमाथी स्वतन्त्र रुपमा छानविन गरेको थियो ।

गुप्तचरी सुचना, गोप्य रुपमा प्राप्त उजुरी तथा कामदारको गुनासोका आधारमा फेयरवर्कले अनुसन्धान अघि बढाएको थियो । १० कम्पनीमध्ये ७ वटाले कामदारलाई कम पारिश्रमिक दिएको, बाकी तीन वटा कम्पनीले कामदारलाई कम पारिश्रमिक दिने मात्रै होइन पेस्लिप र तथ्यांक समेत नराखेको भेटिएको हो । यी ठेकेदार कम्पनीहरुले सपिङ्ग सेन्टर र शहरका अन्य विजनेस हाउसहरुमा क्लिनरर्स खटाउने गर्दै आएका छन् ।

हाललाई यी कम्पनीहरुलाई सचेत पत्र थमाइएको छ, भविष्यमा फेरी यस्तै गल्ती गरे थप कडा कारवाही गरिने समेत फेयरवर्कले जनाएको छ ।
फेयरवर्क एम्बुड्सम्यानका प्रमुख सान्ड्रा पार्करले क्लिनिङ्ग उद्योगमा हुने श्रम शोषण र अनियमिततालाई प्राथकितामा राखिएको बताउनुभयो । ‘क्लिनिङ्ग क्षेत्रमा अधिकांश आप्रवासी कामदार काम गर्ने र उनीहरु सधै श्रमशोषणको जोखिम रहने गरेका छन्’ -पार्करले भन्नुभयो -‘क्लिनिङ्ग क्षेत्रमा अनियमितता हुने गर्दै आएकाले पनि हामीले निगरानी बढाएका हौं ।’
पार्करले  क्लिनिङ्ग व्यवसायीहरुलाई नियमसंगत काम गर्न समेत आगह गर्नुभएको छ । तपाईमाथी पनि श्रम शोषण भइरहेको छ भने फेयरवर्कमा उजुरी गर्नुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6